भोली साउँने संक्रान्ति पर्व ,गुल्मीको रेसुङ्गा धाममा विशेष मेला लाग्दै ||

गुल्मी असार ३१ भोली साउँने संक्रान्ति पर्व रेसुङ्गा धाममा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि साउने संक्रान्ति मेला लाग्दै छ । गुल्मीको धार्मिक तथा ऐतिहासिक तपोभुमी रेसुङ्गामा भोली देखि एक महिने साउने मेला समेत लाग्ने गर्दछ । बिशेष गरी साउन महिनाभार रेसुङ्गामा रहेको महापोखरीमा स्नान तथा देवालयहरुमा पुजाँ आजा गर्नाले सम्पुर्ण पापहरु नष्ट हुने र पुन्य प्राप्त हुने जनविश्वास रहदँै आएको छ । भेला भर्नका लागि गुल्मी ,अर्घाखाँची,पाल्पा लगायत छिमेकी जिल्लाबाट भक्तजनहरुको उल्लेखीनीय रुपमा सहभागिता रहने गर्छ ।विगतका वर्षमा जस्तै यस वर्ष पनि रेसुङ्गा संरक्षण समितिले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरेको छ । दैनिक पाठपारायण ,श्रीमत भागवत ,कथा श्रवण ,गिता चण्डी,वेद, होम ,जबसँगै दैनिक भक्ति संगित सञ्चालन गरीने संरक्षण समितिले जानकारी दिएको छ ।
भोलीदखि तिज पर्व शुरु हुने मान्यताअनुसार औपचारीक रुपमा तीजका गीतहरु समेत गाइने गरीन्छ । भोली साउने संक्रान्तिको अवशरमा लुतो फाल्ने परम्परा समेत रहीआएको छ । वर्षायाममा हिलो र पानीमा भिज्ने कृषकहरुलाई विभिन्न रोगको संक्रमण नहोस भन्ने कामना सहित विभिन्न फलफुल ,करिलो,भलायो,बाबियो, जस्ता बनस्पतीको साथमा लुतो पाmल्ने परम्परा रहि आएको छ ।
यता
भोली कर्कट संक्रान्तिको अवशरमा गुल्मीको सत्यवती गाउँपालिका वडा नं ६ जुहाङ्गघाट स्थित नवदुर्गा देविस्थानमा लाग्ने पुजा मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । प्रत्येक वर्ष लाग्ने संक्रान्ति मेलाका लागि ९ जना बोटे माझिका कुमार केटाहरुलाई रातो घलेकी र रातो कछडा पहिराई नवदुर्गा स्वरुप पुजारीलाई आजैदेखि उपवास राख्ने प्रचलन रहिआएको छ । आज मन्दिर प्रवेश गरी अहोरात्र जागाराम बसी भोलि संक्रान्तिका दिन नवदुर्गाको पुजा गरी सामाजिक पञ्चबली पुजाँ दिएपछि मात्र सर्वसाधारणभक्त जनका लागि पुजाँ खुल्ला गरिने पुजाँरी टेक बहादुर माझिले बताउनुभएको सहकर्मी हेम त्यागीले जानकारी दिनुभयो ।

गुल्मीको मालिकागाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो निर्णय यस्तो छ

गुल्मी असार १९ गुल्मीको मालिका गाउँपालिकामा नवनिर्वाचित प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । मालिका

असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ ||

म्याग्दी, असार ३१ – म्याग्दीमा अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा

असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ ||

म्याग्दी, असार ३१ – म्याग्दीमा अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा

जिल्ला वन कार्यालयद्धारा गुल्मीको पहिलो रेडियो रेसुङ्गा सम्मानित |

गुल्मी असार ३०     वन कार्यालय गुल्मीले गुल्मीका ७ वटा सञ्चारमा संस्थालाई पुरस्कृत गरेको छ । जिल्लामा रहेको पत्रकार महासंघ संहित ५ वटा एफ एम र