ad

गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड शनिबार बिहानदेखि अवरुद्ध


गुल्मी साउन २८ – वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्ड शनिवार बिहानदेखि अवरुद्ध बनेको छ । उक्त सडक खण्ड मुसिकोट नगरपालिका ६ अन्र्तगत भुवाचिदी नजिकै पहिरो खसेपछि अवरुद्ध बनेकोे जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । सडक अवरुद्ध बनेपछि उक्त क्षेत्रवाट तम्घास, पाल्पा, बुटवल र काठमाडौंसम्म छुट्ने सम्पूर्ण सवारी साधनहरु ठप्प बनेका छन्। सवारी साधनहरु संचालन नभएपछि घरबाट यात्रामा निस्केका सयौं यात्रुहरु समस्यामा छन्। अवरुद्ध सडक सुचारु गर्नका लागि पहल भैरहेको मुसिकोट नगरपालीकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए। वर्षासँगै सडकमा पहिरो खस्ने र पानीले ठूला–ठूला खाडलहरु बनाएका कारण जिल्लाका अधिकांश ग्रामिण सडकहरुमा समेत यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। अहिले जिल्लाका विभिन्न स्थानमा पुग्ने दुई दर्जन सडक पुर्ण रुपमा अवरुद्ध छन् ।

 

जिल्ला वन कार्यालयद्धारा गुल्मीको पहिलो रेडियो रेसुङ्गा सम्मानित |

गुल्मी असार ३०     वन कार्यालय गुल्मीले गुल्मीका ७ वटा सञ्चारमा संस्थालाई पुरस्कृत गरेको छ । जिल्लामा रहेको पत्रकार महासंघ संहित ५ वटा एफ एम र

आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती ,गुल्मीमा पनि मनाईयो ||

गुल्मी असार २९  नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न

गुल्मीको सत्यवतीगाउँपालिकामा भुकम्पपिडित हरुका लागी राहात वितरण ||

गुल्मी असार २९ । गुल्मीको सत्यवती गाउँपालिका अन्तरगतका भुकम्पपिडित हरुका लागी विभिन्न विधामा राहत वितरण कार्य पशुसेवा केन्द्र खैरेनी गुल्मीमा

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान