ad

लैङ्गिक हिंसा अन्त्यका लागि सबैले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्छ...प्रमुख जिल्ला अधिकारी ढुगांना


गुल्मी साउन २५ – लैंङ्गिक हिंसा जडको रुपमा रहेकाले सयको निवारणको लागी सबैले महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुगांनाले बताए । बुधवार महिला तथा वालवालिका कार्यालय गुल्मीको आयोजनमा लैङ्गिक हिंसा निवारण सम्बन्धी कार्यक्रम लैंङ्गिक हिंसा निवारण गर्नमा सबैले आफुबाटै सुरुगर्नु पर्नेमा ढुगांनाले जोड दिए ।
 जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न कार्याक्रममा लैंगित हिंसाको अबस्था विश्लेषण तथा वार्षिक कार्यक्रमको बारेमा समिक्षा गरिएको थियो कार्यक्रममा महिला तथा वालवालिका कार्यलय गुल्मीकी प्रमुख प्रतिभा पन्थीले लैंङ्गिक हिंसा सम्बन्धमा कार्यालयबाट एक वर्षमा भएका कार्यक्रमहरुको बारेमा जानकारी गराइन् । त्यस्तै कार्यक्रममै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जिल्लामा लैंङ्गिक हिंसाको उजुरी र वर्तमान अबस्थाको बारेमा जानकारी गराएका थिए ।
 कार्यक्रममै नेपाल वार एसोसियसन गुल्मीका अध्यक्ष बिष्णु वलालले लैंङ्गिक हिंसाको कानुनी उपाय बारे जानकारी गराएका थिए कार्यक्रममा स्थानिय बिकास अधिकारी कल्पना श्रेष्ठ, अनेम संघ गुल्मीकी अध्यक्ष ललिता गौतम लगायत सहभागीहरुले लैंङ्गिक हिंसा निवारणमा सबैको ध्यान जरुरी रहेको बताएका थिए । कार्यक्रममा लैंङ्गिक हिंसा महत्वपूर्ण काम गरेको भन्दै नेपाल पत्रकार महासंघ गुल्मी र महिला पुनःस्थापना केन्द्र गुल्मीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत दुई संस्थालाई नगद रु १० हजार प्रशंसा पत्रले कार्यक्रमका अतिथी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुगांना र स्थानिय बिकास अधिकारी कल्पना श्रेष्ठले सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढुगाांना, स्थानिय बिकास अधिकारी श्रेष्ठ, जिल्ला स्थित सरकारी गैरसरकारी कार्यालयका प्रमुख एबं प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

जिल्ला वन कार्यालयद्धारा गुल्मीको पहिलो रेडियो रेसुङ्गा सम्मानित |

गुल्मी असार ३०     वन कार्यालय गुल्मीले गुल्मीका ७ वटा सञ्चारमा संस्थालाई पुरस्कृत गरेको छ । जिल्लामा रहेको पत्रकार महासंघ संहित ५ वटा एफ एम र

आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती ,गुल्मीमा पनि मनाईयो ||

गुल्मी असार २९  नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न

गुल्मीको सत्यवतीगाउँपालिकामा भुकम्पपिडित हरुका लागी राहात वितरण ||

गुल्मी असार २९ । गुल्मीको सत्यवती गाउँपालिका अन्तरगतका भुकम्पपिडित हरुका लागी विभिन्न विधामा राहत वितरण कार्य पशुसेवा केन्द्र खैरेनी गुल्मीमा

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान