गुल्मीको सत्यवतीगाउँपालिकामा भुकम्पपिडित हरुका लागी राहात वितरण ||

गुल्मी असार २९ । गुल्मीको सत्यवती गाउँपालिका अन्तरगतका भुकम्पपिडित हरुका लागी विभिन्न विधामा राहत वितरण कार्य पशुसेवा केन्द्र खैरेनी गुल्मीमा सम्पन्न भएको छ । जिल्ला पशुसेवा कार्यालय गुल्मी बाट स्वकृति प्राप्त कार्यक्रम अन्तर्गत गाइ भैसीको गोठ सुधार १८ जना लाई १० हजार ६ सयका दरले १ लाख ९० हजार ८ सय, बाख्रा खोर सुधार १४ जना लाई ६ हजार ३ सयका दरले ८८ हजार २ सय, उच्च प्रजनन योग्य बोका ३ जनालाई ७ हजार ५ सयका दरले २२ हजार ५ सय, कुखुराको खोर सुधार ३ जनालाई ५ हजारका दरले १५ हजार, कुखुराको चल्ला खरिद १५० वटा १०० का दरले १५ हजार, बंगुर पाठा पाठि खरिद ५ जनालाई १० हजारका दरले ५० हजार गरि कुल ३ लाख ८१ हजार ५ सय वितरण गरिएको छ । सोहि अवसरमा प्रमुख अतिथि तथा सत्यवती गाउँपालिका का अध्यक्ष पारिश्वर ढकालले सम्वोधन गर्दै यस कार्यक्रमले कृषकहरुमा उत्साह थप्दै व्यवसायिकता तर्फ लैजानेमा आफू विश्वस्त रहेको बताउनु भयो । सोहि प्रसङ्गमा विदेशिने युवालाई रोक्न नेपालमा व्यवसायिक पशुपालन कृर्षि तर्फ उत्साहित गर्नुपर्ने उल्लेख गर्दै यस गाउँपालिकाले सम्वन्धित कार्यक्रम ल्याउने विश्वास दिलाउनु भयो । वडा नं. ६ का वडा अध्यक्ष विष्णु प्रसाद भण्डारीको सभापतित्व वडा नं. ५ का वडा अध्यक्ष ओमप्रकाश भण्डारीको विषेश आतित्थ्यता पत्रकार हेम त्यागी लगाएतको आतित्थ्यता रहेको कार्यक्रममा पशुसेवा कार्यालयका तर्फबाट नव निर्वाचित गाउँपालिका अध्यक्ष, दुवै वडाका वडा अध्यक्ष लाई सम्मान समेत गरिएको थियो । भने कार्यक्रमको संचालन पशुसेवा केन्द्र जोहाङ्गका प्रमुख नारायण खनालले गर्नु भएको थियो ।

गुल्मीको मालिकागाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो निर्णय यस्तो छ

गुल्मी असार १९ गुल्मीको मालिका गाउँपालिकामा नवनिर्वाचित प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । मालिका

असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ ||

म्याग्दी, असार ३१ – म्याग्दीमा अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा

असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ ||

म्याग्दी, असार ३१ – म्याग्दीमा अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा

जिल्ला वन कार्यालयद्धारा गुल्मीको पहिलो रेडियो रेसुङ्गा सम्मानित |

गुल्मी असार ३०     वन कार्यालय गुल्मीले गुल्मीका ७ वटा सञ्चारमा संस्थालाई पुरस्कृत गरेको छ । जिल्लामा रहेको पत्रकार महासंघ संहित ५ वटा एफ एम र