ad

गुल्मीका स्थानिय तहबाटै झण्डै डेढ सयले नागरिता लिए ।


गुल्मी साउन २४ – गुल्मीका स्थानिय तहबाटै झण्डै डेढ सयले नागरिता लिएका छन् । इस्मा गाउँपालिका र जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्यमा मंगलवार र बुधवार २ दिनको लागी आयोजना गरिएको शिबिरबाट १ सय ४५ जनाले नागरिता लिएको कार्यकारी अधिकृत सरोज पोखरेलले जानकारी दिए । पहिलो दिनमै धेरैले नागरिता लिन आए कार्यकारी अधिकृत पोखरेलले भने ‘भोलि अर्थात बुधवार यो संख्यामा दोब्बर हुनसक्छ ।’ नागरिता लिनको लागी कार्यालय समय भन्दा अबेर सम्म भिड लागेको थियो । सेवाग्रहीलाई स्थायिन तहबाटै सेबा प्रदान गर्ने उदेश्यले इस्मा गाउँपालिका नागरिता बितरण गर्ने कार्यक्रम राखेका छन् । वर्षातको बेला सदरमुकाम पुगेर नागरिकता वनाउन असहज हुने तथा स्थानीय तहबाटै फोटो सहितको नामवली संकलन भइरहेकाले सहज बनाउन गाउँपालिकामै दुई दिने शिविर राखिएको कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।
नागरिता वितरण गर्न जिल्ला प्रसासन कार्यालय गुल्मीका प्रसासकीय अधिकृत रामचन्द्र पन्थीको नेतृत्वमा पाँच जनाको टोली इस्मा खटिएका छन् ।  नागरिता शिबिर सञ्चालनले मतदाता नामावली संकलन कार्यलाई समेत प्रत्यक्ष फाइदा पुग्ने स्थानियको भनाइ रहेको छ । ।त्यस्तै गुल्मीको मुसिकोट नगरपालिकामा यहि साउन  २८, २९ र ३० गते नागरिकता शिबिर टोली वस्ने भएको छ । स्थानिय जनताहरुको माग अनुसार मतदाता नामवली दर्ता र नागरीकता बितरणलाइ एकैपटक ब्यबस्था गर्न सो पहल गरीएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । शिविर बिहान ८ बजेबाट साँझ ५ बजेसम्म संचालन हुनेछ ।

 

जिल्ला वन कार्यालयद्धारा गुल्मीको पहिलो रेडियो रेसुङ्गा सम्मानित |

गुल्मी असार ३०     वन कार्यालय गुल्मीले गुल्मीका ७ वटा सञ्चारमा संस्थालाई पुरस्कृत गरेको छ । जिल्लामा रहेको पत्रकार महासंघ संहित ५ वटा एफ एम र

आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती ,गुल्मीमा पनि मनाईयो ||

गुल्मी असार २९  नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न

गुल्मीको सत्यवतीगाउँपालिकामा भुकम्पपिडित हरुका लागी राहात वितरण ||

गुल्मी असार २९ । गुल्मीको सत्यवती गाउँपालिका अन्तरगतका भुकम्पपिडित हरुका लागी विभिन्न विधामा राहत वितरण कार्य पशुसेवा केन्द्र खैरेनी गुल्मीमा

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान