ad

Ncell Axiata आज पूर्व र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, साउन २१ – पूर्व र पश्चिमका केही ठाउँमा शनिबार बेलुका ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय क्षेत्र नेपालको नजिक रहेको तथा उत्तर प्रदेश र बंगलादेशमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पानी पर्ने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्व र पश्चिमको केही ठाउँमा ठूलो पानी पर्नेछ । यसले गर्दा ति क्षेत्रमा बाढी तथा पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।

गएको २४ घण्टामा विरेन्द्रनगरमा सबैभन्दा धेरै १ सय ६२ दशमलव ८ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ । त्यसपछि भैरहवानमा १ सय ११ सिमरामा १०९ दशमलव ७ र धनगढीमा १ सय दशमलव ७ मिलिमिटर पानी परेको छ । 

चिकित्सा क्षेत्रमा मडारिएको राजनीति र दबिएका स्वरहरु ||

डा. पुष्पमणि खराल एउटा प्रख्यात भनाइ छ — चिकित्साशास्त्रमा अनिश्चितता मात्र निश्चित हुन्छ । भनाइको तात्पर्य चिकित्सा विज्ञानमा धेरै यस्ता पक्ष

भानुभक्तको नारीसम्बन्धी दृष्टिकोण ||

शर्वराज आचार्य  आदिकवि भानुभक्त आचार्यको नारीसम्बन्धी दृष्टिकोण खुबै आलोचित छ । कतिपय नारी र पुरुष लेखकले भानुभक्तको नारीसम्बन्धी दृष्टिकोणमाथि

सुधार होला नेपाल– भारत सम्बन्ध ?

ऋषिराम अधिकारी र्खा रेजिमेन्टमा ४०,००० भन्दा धेरै नेपाली भारतको रक्षाको निम्ति तैनाथ छन् तर दुई छिमेकी मुलुकबीच हुनुपर्ने हार्दिकतापूर्ण