ad

आज पूर्व र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, साउन २१ – पूर्व र पश्चिमका केही ठाउँमा शनिबार बेलुका ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय क्षेत्र नेपालको नजिक रहेको तथा उत्तर प्रदेश र बंगलादेशमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पानी पर्ने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्व र पश्चिमको केही ठाउँमा ठूलो पानी पर्नेछ । यसले गर्दा ति क्षेत्रमा बाढी तथा पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।

गएको २४ घण्टामा विरेन्द्रनगरमा सबैभन्दा धेरै १ सय ६२ दशमलव ८ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ । त्यसपछि भैरहवानमा १ सय ११ सिमरामा १०९ दशमलव ७ र धनगढीमा १ सय दशमलव ७ मिलिमिटर पानी परेको छ । 

फेसबुकको घर बनाइदिने अफर ||

सान फ्रान्सिस्को- विश्वको नम्बर एक समाजिक सञ्जाल फेसबुकले आफ्ना कर्मचारीको लागि घर बनाइदिने घोषणा गरेको छ। फेसबुकले अमेरिकाको सिलिकन भ्यालीमा घर

धर्मात्मा हात्ती, जसले हरेक दिन नुहाएर मात्र खाना खान्छ (भिडियाेसहित)

हात्तीले पानीमा खेल्न खुबै मन पराउँछ । तर आज हामी एउटा यस्तो हात्तीको बारेमा कुरा गदैछौं जसका लागि पानीमा खेल्नु वा नुहाउनु केवल रहर मात्र होइन, एउटा

राम्रो सेल्फी कसरी खिच्ने? ४ उपाय जान्नुहोस् ||

यदि तपार्इं सेल्फीको सोखिन हुनुहुन्छ भने यसका लागि केही एप्स प्रयोग गर्न सक्नुहुन्छ। जसको माध्यमबाट तपाईंको सुन्दर सेल्फी खिँच्ने सपना पूरा