ad

पाल्पामा ज्वरोका कारण १५ दिनमा पाँचजनाको मृत्यु

पाल्पा, साउन २१ – ज्वरोका कारण पाल्पामा पछिल्लो १५ दिनमा पाँचजनाको ज्यान गएको छ । उपचारका लागि तानसेनमा रहेको लुम्विनी मेडिकल कलेज प्रभासमा भर्ना भएका पाँचजनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । अत्याधिक ज्वरो आउने, शरीर दुख्ने, वान्ता हुने जस्ता समस्या भएका बिरामीको उपचारको क्रममा ज्यान गएको हो । 

उपचारका लागि अस्पतालमा भर्ना भएकी मदाने–१ गुल्मीकी १६ वर्षकी अनिता बिष्टको साउन ६ गते, रैनादेवी–१ सिद्धेश्वर पाल्पाका ६५ वर्षका मानबहादुर कुमालको १४ गते, माथागढी–३ कसेनी पाल्पाकी २८ वर्षकी चन्दा रानाको १९ गते, माथागढी–४ झडेवा पाल्पाकी ६७ वर्षकी बसन्ती कुँवरको २० गते  र माथागढी–३ कसेनीकै ७४ वर्षका मानबहादुर चिदीको उपचारको क्रममा शनिबार बिहान ज्यान गएको हो ।

ज्वरोकै कारण अस्पताल भर्ना भएकी मदनपोखरा पाल्पाकी २१ वर्षकी निरमा सारुलाई शुक्रबार मात्रै हेलिकप्टर मार्फत काठमाडौं रिफर गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार ज्यान जानुको यकिन कारण खुलेको छैन । स्वाइन् फ्लुले ज्यान गएको भन्ने हल्लाको पुष्टि नभएको भन्दै सूचना अधिकारी ज्ञवालीले परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाएको जानकारी दिनुभयो ।

१५ दिनकै बिचमा उपचारको क्रममा ५ जनाको ज्यान गएपनि लुम्विनी मेडिकल कलेज, प्रभासले जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार मात्रै जानकारी गराएको हो । एक महिना अघिदेखि नै पाल्पामा रुघाखोकी, ज्वरो र मुत्रनलीको समस्या भएका बिरामीको संख्या बढेको स्वास्थ्यकर्मीले जनाएका छन् ।  (उज्यालो अनलाईनबाट )

जिल्ला वन कार्यालयद्धारा गुल्मीको पहिलो रेडियो रेसुङ्गा सम्मानित |

गुल्मी असार ३०     वन कार्यालय गुल्मीले गुल्मीका ७ वटा सञ्चारमा संस्थालाई पुरस्कृत गरेको छ । जिल्लामा रहेको पत्रकार महासंघ संहित ५ वटा एफ एम र

आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती ,गुल्मीमा पनि मनाईयो ||

गुल्मी असार २९  नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न

गुल्मीको सत्यवतीगाउँपालिकामा भुकम्पपिडित हरुका लागी राहात वितरण ||

गुल्मी असार २९ । गुल्मीको सत्यवती गाउँपालिका अन्तरगतका भुकम्पपिडित हरुका लागी विभिन्न विधामा राहत वितरण कार्य पशुसेवा केन्द्र खैरेनी गुल्मीमा

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान