बागलुङमा पहिरोमा परी ६ जनाको ज्यान गयो
बाग्लुङ्ग २० – बागलुङमा पहिरोको कारण ६ जनाको ज्यान गएको छ । निशीखोला–२ मा पहिरोमा पुरिएर एउटै परिवारको चारजनाको ज्यान गएको छ । ज्यान जानेमा ६७ वर्षका मनिमान छन्त्याल, उहाँकी श्रीमती ६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र छोरी गीता छन्त्याल रहेको निशीखोला–२ का वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिनुभयो ।
निरन्तर वर्षाका कारण पहिरो जाँदा ढोरपाटन नगरपालिका–५ मा एक जना र निशीखोला गाउँपालिकामा चार जनाको ज्यान गएको हो । ढोरपाटन–का ५५ वर्षका ओमप्रकाश कामीको घरमाथिबाट आएको पहिरोले पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
परिवारका अन्य सदस्यलाई भने छिमेकीले सकुशल उद्धार गरेका छन् । निशीखोला–१ हुँल्दीमा पहिरोले घर बगाउँदा ७५ वर्षका झोगेन्द्रबहादुर सिंजालीका श्रीमती ७० वर्षकी खगिसरा सिंजालीको ज्यान गएको प्रहरी नायव उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो । पहिरोले विभीन्न ठाउँमा गरी आधा दर्जन घरमा क्षति र्पुयाएको छ । बाढीले निशीखोला दोस्रो जलविद्युत आयोजना समेत बगाएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । बाढी प्रभावित क्षेत्रमा वेपत्ताको खोजी तथा पहिरोको निरीक्षणका लागि जनप्रतिनिधि र प्रहरीको टोली पुगको छ ।.......(उज्यालो अनलाइनबाट)