अविरल वर्षाले गुल्मीका विभिन्न सडकहरु अवरुद्ध



गुल्मी साउन २०– अबिरल वर्षाका कारण गुल्मीका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । विगत केही दिनदेखि निरन्तर रुपमा परीरहेको पानीले विभिन्न स्थानहरुमा पहिरो खस्न थालेसँगै मोटरबाटाहरु अवरुद्ध भएका हुन् । यस्तै अविरल वर्षाका कारण सदरमुकाम तम्घास जोड्ने,सेउघा,सिमाघाट,पुर्कोटदह अन्र्तग पर्ने बरबोट भन्ने स्थानमा पहिरो खस्दा मोटरबाटो अवरुद्ध भएको छ ।
पहिरो खसेर मोटरबाटो अवरुद्धभएसँगै सदरमुकाम तम्घाससँगै विभिन्न स्थान तथा बजार क्षेत्रमा आवतजावत गर्ने यात्रुहरुलाई समस्या भएको छ ।
यस्तै पहिरोका कारण धुर्कोट गाउँपालिका वाड नं ४ साविकको वाड नं ९ रौताडी भन्ने स्थानसम्म सडक निर्माण गरीएको तारजाली पहिरोले बगाउन थालेपछि एक घर जोखीममा परेको छ ।
पहिरोले तारजाली समेत बगाउँदै आएपछि उक्त स्थानका भोजराज पोखरेलको घर जोखीममा परेको सहकर्मी अर्जुन भण्डारीले जानकारी दिनुभयो । स्थानीयहरुको सहयोगमा पौडेलको घरमा रहेका सामाग्री तथा पशुचौपाया अन्यन्त्र सारिएको छ ।
अविरल वर्षाका कारण पहिरोखसेपछि रिडि खज्याङ्ग,बल्कोट मोटरबाटो आजविहानदेखि अवरुद्ध भएको छ ।रुरु गाउँपालिकाको साखर भन्ने स्थानमा पहिरो गएपछि सो बाटो अवरुद्ध भएको हो । बाटो अवरुद्ध भएपछि यात्रुहरुलाई समस्या भएको छ । सहकर्मी कालिदास आत्रीयले जानकारी दिनुभयो ।

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव