आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती ,गुल्मीमा पनि मनाईयो ||

गुल्मी असार २९  नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए ।उनका बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् ।भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाडकै रुपमा मनाउँछन् ।नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम दार्जि्लिङ आसाम र डुवर्सलगायतका विशेष कार्यक्रम गरिन्छ ।मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगतमा भानुभक्तको योगदान प्रकाशमा आएको हो । उनीभन्दा अघि नेपाली भाषामा लेख्ने कविहरु भए पनि तिनका रचनामा नेपाली, हिन्दी, संस्कृत, वज्र आदि भाषाको मिश्रण हुन्थ्यो ।भानुभक्तको रामायण नेपाली भाषामा लेखिएको सरस, सरल र श्रुतिमधुर भई सबै नेपालीका घरघरमा पढिन्थ्यो, जसले गर्दा पृथ्वीनारायण शाहले गरेको भौगोलिक एकीकरणमा भावनात्मक एकीकरण गराउन योगदान मिल्यो ।पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका उनले हजुरबुवा श्रीकृष्णबाट शिक्षा पाउनाका साथै घाँसीले घाँस घाटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा प्राप्त गरे ।
यता नेपाली भाष साहित्यका आदिकवि भानुभक्त आर्चायको २ सय ४ औँ जन्मजयन्तीको अवशर पारेर सदरमुकाम तम्घासमा पनि विविध साहित्यक कार्यक्र मसम्पन्न भएको छ । किरण पुस्तकालय,लुम्बिनी वाङमय साहित्यक प्रतिष्ठान र रेसुङ्गा साहित्यक प्रतिष्ठानको संयुक्त आयोजनामा साहित्यक रचना वाचन कार्यक्रम सम्पन्न भएको हो । पुर्व क्यापस प्रमुख तथा किरण पुस्तकालयका उपाध्यक्ष शशी पन्थीको सभापत्वि रहेको कार्यक्रममा पुर्व क्याम्पस प्रमुख प्रेमनाथ अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बरिष्ठ साहित्यकार दिना पन्थीले साहित्यकार आदिकवि भानुभक्त आर्चायका प्रकाशित कृर्तिाप्रति प्रकाश पार्नुभएका थियो । उक्त अवशरमा श्रष्ठा नमोनारायण पन्थी,लक्ष्मण अर्याल,कुसुम नेपाली,पवन घर्तिमगर,खगिश्वरा काला लगायत विद्यार्थीहरुले गजल तथा कविता वाचन गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन राधा पन्थीले गर्नुभएको थियो ।

जनसहयोग माध्यामिक विद्यालय रेसुङ्गा नगरपालिका ५ भुवन पानी गुल्मीमा आदिकवि भानुभक्त आर्चायको २०४ औँ जन्मजयन्तीको अवशर पारेर कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रधानाध्यापक झविलाल मरासीनीको सभापत्वि रहेको कार्यक्रममा भुतपुर्व प्रधानाध्यापक बलराम खनालको प्रमुख आतिथ्यता रहेको थियो । भने भुतपुर्व साहायक प्रधानाध्यापक कृष्णराज खनालको बिशेष आतिथ्यता रहेको थियो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुबिच भएको प्रतियोगितामा कक्षा १० बाट विमला परियार प्रथम,कक्षा ८ का लिलामणि खनाल द्धतिय, तथा कक्षा ८ कै कृष्ण बस्नेत तृतिय हुनुभएको थियो । कार्यक्रममा शिवराज फुल्देलले भानुभक्त आचार्यको बारेमा प्रकाश पार्नुभएको थियो । भने कार्यक्रमको सञ्चालन कमल प्रसाद मरासीनीले गर्नुभएको थियो ।

गुल्मीको मालिकागाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो निर्णय यस्तो छ

गुल्मी असार १९ गुल्मीको मालिका गाउँपालिकामा नवनिर्वाचित प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । मालिका

असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ ||

म्याग्दी, असार ३१ – म्याग्दीमा अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा

असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ ||

म्याग्दी, असार ३१ – म्याग्दीमा अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा

जिल्ला वन कार्यालयद्धारा गुल्मीको पहिलो रेडियो रेसुङ्गा सम्मानित |

गुल्मी असार ३०     वन कार्यालय गुल्मीले गुल्मीका ७ वटा सञ्चारमा संस्थालाई पुरस्कृत गरेको छ । जिल्लामा रहेको पत्रकार महासंघ संहित ५ वटा एफ एम र