गुल्मीको बम्घामा बाँदरको आक्रमणका कारण १० जना घाइँते


गुल्मी साउन १८ –
गुल्मीका विभिन्न स्थानहरुमा बाँदरको बिगबिगका कारण किसानहरुलाई मकै बाली जोगाउन समस्या भएको छ । यतिबेला किसानहरुको बारीमा रहेको मकै बाँदरले नष्ट गरिदिन थालेपछि किसानहरुलाई मकैबाली जोगान समस्या भएको हो ।
बिशेष गरी जिल्लास्थित रेसुङ्गा नगरपालिकाका विभिन्न वडाहरुसहित ग्रामिण क्षेत्रहरुमा पर्ने बम्घा,रिमुवाँ,जुहाङ्ग,हसंरा,लिङघा,घमिर,मरभुङ्ग,अर्खवाङ्ग,छापहिले लगायतका स्थानमा यतिबेला बारीमा लगाइएको मकै पाक्नै लाग्दा बाँदरको आतङ्क बढे पछि बाली जोगाउन समस्या भएको कृषकहरुको भनाई रहेको छ ।

भने अर्कातर्फ बादँरले घरभित्रै राखिएको मकै लगायतका खाद्य सामाग्रीहरु नष्ट पार्न थालेको छ । बाँदरले एकातर्फ मकैबाली नष्ट त गदै आएको छ । अर्कातर्फ मानिसहरुप्रति पनि आक्रमक बन्दै जान थालेको छ । बाँदरकै आक्रमणका कारण बम्घा,रिमुवाका करिब १० जना घाइते भएका सहकर्मी हेम त्यागीले जानकारी दिनुभएको छ ।


बाँदरले महिला तथा बालबालिकाहरुलाई नटेर्ने तथा पुरुषहरु भने रोजगारीको शिलशिलामा बाहिरी मुलुकमा जानु पर्ने बाध्यँताका कारण पनि यतिबेला बाँदरबाट खाद्यबालीहरु जोगाउन समस्या भएको बताइएको छ । बाँदर नियन्त्रणका लागि पटकपटक सम्बन्धीत निकायमा जानकारी गराइएपनि खासै चासो नदेखिएको प्रति कृषकहरुको गुनाँसो रहेको छ ।

 

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव