आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल
गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव भक्तिका साथ शिवजीको पुजाँ अर्चना गर्नुका साथै वर्त बसेर आफ्ना मनोकामना पुरा हुने विश्वास गरेका छन् । त्येसो त साउन महिनामा विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने हुँदा विभिन्न देवालय तथा शक्तिपिठहरुमा भक्तजनहरुको चहलपहल बढेको देखिन्छ ।
गुल्मीको धार्मिक एंवम ऐतिहासिक तपोभुमी रेसुङ्गामा यस वर्ष पनि साउने मेला चलीरहेको छ । आज साउने सोमबार रेसुङ्गा पोखरीमा स्नान तथा पुजाँआजा गर्ने महिला भक्तजनहरुको चहलपहल रहेको थियो । यसरी ब्रत बसी शिवजीको पूजा आरधना गर्नाले आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने धर्मिक मान्यता रहँदै आएको छ ।
बिशेष गरी साउन महिनाभार रेसुङ्गामा रहेको महापोखरीमा स्नान तथा देवालयहरुमा पुजाँ आजा गर्नाले सम्पुर्ण पापहरु नष्ट हुने र पुन्य प्राप्त हुने जनविश्वास रहदँै आएको छ । भेला भर्नका लागि गुल्मी ,अर्घाखाँची,पाल्पा लगायत छिमेकी जिल्लाबाट भक्तजनहरुको उल्लेखीनीय रुपमा सहभागिता रहने गर्छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि रेसुङ्गा संरक्षण समितिले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरेको छ । दैनिक पाठपारायण ,श्रीमत भागवत ,कथा श्रवण ,गिता चण्डी,वेद, होम ,जबसँगै दैनिक भक्ति संगित सञ्चालन गदिँदै आइएको संरक्षण समितिले जानकारी दिएको छ । गत साउन १ गतेदेखि शुरु भएको मेला साउन महिनाभर लाग्ने गर्दछ ।
यस्तै जिल्लास्थित सत्यवती गाउँपालिका वडा नं ५ नेटामा अवस्थित गुफा पोखरीमा स्नान तथा विविध पुजाँआजा गर्नेहरुको भिड लागेको थियो । आज श्रावण महिनाको तेस्रो सोमबार परेकाले पनि लगुरुद्रि,वेद,गिता,चण्डी,पाठपारायण र दिनभर भजनर्कितनसँगै पुजाँआजा गरिएको थियो । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि पोखरी स्नान गर्न गुल्मीसँगै। छिमेकी जिल्लाहरु स्याङजा,बाग्लुङ्ग लगायतका भक्तजनहरुको विहानैदेखि घुइँचो लागेको सहकर्मी हेम त्यागीले खबर पठाउनुभएको छ ।