गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा


गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको एकरातेदेखी  वाड नं ४ अर्खवाङ्गको राङदी जोड्ने झोलुङ्गेपुल काठका फ्ल्याकहरु प्रयोग गरिएकोले वर्खा लागेसँगै काठका फ्ल्याकहरु गल्दै जान थालेपछि उक्त पुल जिर्ण बन्दै गएको छ ।


 विगत २ वर्षदेखी काठका फ्ल्याकहरु प्रयोग गरेर निर्माण गरिएको झोलुङ्गेपुल कसैको पनि चासो नदेखिएपछि जिर्ण बन्दै जान थालेको स्थानीयहरुले बताएका छन् ।स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिहरु समेत चुनिसक्दा पनि उक्त झोलुङ्गे पुलको कसैले चासो नदिएको भन्दै स्थानीयहरुले गुनासो गरेका छन् । पुल जिर्ण बन्दा म्यादे माध्यामि विद्यालय ,देविस्थान माध्यामिक विद्यालयमा जाने विद्यार्थी तथा मजदुरहरु बढी प्रभावित भएका बताइएको छ ।

ढोरपाटन राजमार्गमा पर्ने राङदी खोलामा पुल नबन्दा वर्खायामको समयमा देविस्थान माध्यामिक विद्यालयका विद्यार्थीहरु समेत उक्त पुलको प्रयोग गदै आएका सहकर्मी कपिल रेग्मीले जानकारी दिनुभयो ।

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव

वर्षाका कारण ग्रामिण कच्चि सडकहरु अवरुद्ध,दोब्बर भाडाँ तिर्नु पर्दा झनै समस्या

गुल्मी साउन १६ –वर्खा लागेसँगै गुल्मीका ग्रामिण कच्चि सडकहरु अवरुद्ध हुन थालेसँगै यातयात आवगमनमा समस्या आउन थालेको छ । जिल्लामा रहेका