यु–१९ क्रिकेट : नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य

साउन ६ – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भइरहेको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनायो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए । यस्तै सन्दिप सुनारले २६ तथा प्रकाश केसीले २३ रन बनाए । सिंगापुरका बिक्रमवीर विश्वरायले तीन तथा सुनिल आर्यमन र आहन गोपिनाथले दुई दुई विकेट लिए । सिंगापुरले केहीबेरमा लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ ।
विश्वकपमा स्थान बनाउन नेपालले खेल जित्नुको विकल्प छैन । डबल राउन रोबिन लिगमा भएको प्रतियोगितामा नेपालले यसअघि सिंगापुरलाई ४ विकेटले हराएको थियो । अर्को खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपाल बिहीबार भएको खेलमा भने अफगानिस्तानसँग एक सय ४१ रनले पराजित भयो । डवल राउन्ड रोविनका आधारमा भैरहेको खेलमा शीर्ष स्थानमा रहने टोलीले न्युजिल्याण्डमा हुने १९ बर्ष मुनीको विश्वकप खेल्न पाउनेछ । 

कप्तान सन्दिपको किफायती बलिङ, सिंगापुरद्वारा ७४ रनको लक्ष्य ||

काठमाडौं ।  आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई जितका लागि ७४ रनको सामान्य लक्ष्य

नेपालको विजय सुरुआत, सिंगापुर ४ विकेटले पराजित ||

काठमाडौं ।  नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसियन क्षेत्रको छनोटमा विजय सुरुआत गरेको छ । सोमबार भएको पहिलो

नेपाल एसिया कपमा छानियो, मलेसिया १० विकेटले पराजित

काठमाडौं, भदौ ३१ । एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले मलेसियालाई १० विकेटले पराजित

युएई विरुद्धको विश्व क्रिकेट लिगका लागि नेपाली टोलीलाई बन्द प्रशिक्षण

 काठमाडौं, कात्तिक २३ । युएई विरुद्ध अर्को महिना हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट