गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १ गतेदेखि १५ गते सम्म निर्वाचन कार्यालयमा र १६ गते देखि स्थानिय तहमै नाम दर्ता गर्ने ब्यवस्था गरे पनि जिल्ला निर्वाचन कार्यालमै आएर नाम दर्ता गर्ने हरुको भिड लाग्ने गरेको छ ।

नाम दर्ता सुरु गरेको ५ दिनमै गुल्मीमा ८ सय ४६ जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउन आउनेहरु मध्ये दर्ता गराएकाहरुमा पुरुषको संख्या वढी रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए । स्वदेसमै रहेका र केहि बिदेशबाट नेपाल आएका पुरुषहरु नाम दर्ता गराउन आएकोले पनि संख्यामा बृद्धि भएको अधिकृत खत्रीले जानकारी दिए ।

साउन १ गतेबाट ५ सम्म दर्ता गराएका मध्ये ५ सय १० जना पुरुष र ३ सय ३६ जना महिला रहेका छन् । जिल्ला निर्वाचन कार्यालयमा जिल्लाका बिभिन्न ग्रामीण स्थानबाट उत्सह पूर्वक नाम दर्ता गराउन आउने सहभागीमा दिनहु बृद्धि भएको अधिकृत खत्रीले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयमा धेरै जसो नाम दर्ता गराउने र केहि मतदाता नामावली सार्ने पनि आउने गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । नाम दर्ता गराउन आएका अधिकांशले मताधिकार प्रयोग गुमेकोमा चिन्ता ब्यक्त गरेका थिए । स्वदेसमै भएर पनि बिबिध कारणले नाम दर्ता गराउन नपाउँदा स्थानिय तह निर्वाचनमा मतदान गर्न नपाएको बताएका थिए ।

गुल्मीमा गत असार १४ गते सम्पन्न निर्वाचनमा सम्म १ लाख ८० हजार ७ सय ७५ कुल मतदाता संख्य रहेको थिए । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा उक्त मतदाता रहेको थिए । कुल मतदाता मध्ये ९४ हजार ७ सय ५९ जना महिला र ८६ हजार १५ जना पुरुष मतदाता रहेका छन् । मतदाता मध्ये गुल्मीमा १ जना तेस्रो लिङ्ग रहेका छन् ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव

वर्षाका कारण ग्रामिण कच्चि सडकहरु अवरुद्ध,दोब्बर भाडाँ तिर्नु पर्दा झनै समस्या

गुल्मी साउन १६ –वर्खा लागेसँगै गुल्मीका ग्रामिण कच्चि सडकहरु अवरुद्ध हुन थालेसँगै यातयात आवगमनमा समस्या आउन थालेको छ । जिल्लामा रहेका