मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने
साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही दिन मनसुन सक्रिय भइ देशभरि नै पानी पर्ने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसकै प्रभावले अहिले सोलुखुम्बु, ओखलढुंगा लगायत पूर्वी पहाडी क्षेत्रमा पानी परिरहेको छ । तर ठूलो पानी पर्ने वा लगातार झरीको संभावना भने नभएको मौसमविद श्रेष्ठले जानकारी दिनुभयो । भारतको बिहार आसपासमा मनसुनी न्यूनचापिय रेखा रहेकाले भारतमा भने ठूलो पानी पर्ने उहाँले बताउनुभयो ।