ad

३५ औं विपी स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरिँदै

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवस शुक्रबार मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।

पछि उहाँ विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्ति बिचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो । उहाँले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिलेपनि सान्दर्भिक मानिन्छ ।

आफ्नो प्रधानमन्त्रीकालमा उहाँले गाउँको विकास, भूमिसुधार र सामन्तवाद अन्त्य गर्न विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गर्नुभएको थियो । विपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् । विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्द्धक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित छन् ।

त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ प्रकाशित छ । यस्तै सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित आत्मवृतान्त ‘जेल जर्नल’ प्रकाशित छ । 

राजमार्गमा दुर्घटना घट्यो, मृत्यु बढ्यो ||

धादिङ – पछिल्लो वर्ष धादिङमा सवारी दुर्घटना घटेको देखिए पनि दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढेको छ ।  यस वर्ष धादिङमा ९८ वटा दुर्घटना भए । ९०

चुनावको समीक्षामा जुट्यो माओवादी, सचिवालयको विस्तारित बैठक सुरु ||

 साउन, काठमाडौं । स्थानीय तह चुनावको समीक्षा गर्दै आगामी रणनीति तयार पार्न नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय

प्रधानन्यायाधीश पराजुलीले सम्हाले कार्यभार ||

पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली । तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर २ साउन, काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले

देउवाको निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस् ||

१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको अवस्था महानगर भन्नपनि लाज लाग्ने रहेको टिप्पणी गरेका छन् । उनले आवश्यक परे थप बजेट दिन