ad

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान रोपाई सुरु गरिएको हो । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोग र जनविकास केन्द्र गुल्मीद्धारा संचालित जलवायु परिवर्तन मैत्रि कृषि प्रविधि तथा जन उत्थान प्रर्वधन कार्यक्रमले सो गाउँपालिकामा धान रोप्ने मेशिन प्रदान गरेको  थियो  । उमेदवार हुनु अघि सम्म जनविकास केन्द्रको अध्यक्ष रहेका धुर्कोटगाउँपालिकाका नवनिर्वा्चि गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको विशेष पहलमा उक्त मेशिन धुर्कोट गाउँपालिकामा भित्रिएको बताइएको छ । ।धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त विजयी प्यानलले चुनाव ताका गरेको प्रतिबद्धता अनुरुप उक्त मेशिन झिकाएर  जिल्लामै पहिलो पटक त्यस गाउँपालिकामा मेशिनले खेत रोपाई सुरु गरिएको हो । बढ्दो जलवायु परिवर्तन अनुकुल धान खेती किसानहरुको आम्दानीमा बृद्धि गर्नको लािग आधुनिक मेसिन धुर्कोट गाउँपालिकामा  ल्याउने पहल गरिएको नवनिर्वा्चित अध्यक्ष पोखरेलले बताए । धुर्कोट गाउँगाउँपालिकाको  वार्ड नम्बर ४ जैसिथोकका  नवनिर्वा्चित वडाध्यक्ष मान बहादुर कुँवरले मेशिनबाट धान रोपाईको उद्घाटन गरेका थिए । जैसिथोक साविकको वार्ड नम्बर ५ निवासी युवा किसान तुल्सीराम कुँवरको खेतमा सो मेसिनद्धारा धान रोपाई गरी उद्घाटन गरिएको हो । जलवायु परिवर्तन अनुकुल धान खेती गरी गरीब, दलित तथा पिछडिएको समुदायको आर्थिक विकासका सहयोग गर्ने लक्ष्यका साथ आधुनिक कृषि खेती प्रणाली अन्तरगत भित्रिएको बताईएको छ । धान रोप्ने आधुनिक मेसिन चिनको युनानबाट ल्याइएको र यसले लाइट प्लान्टिङ गरी १ घण्टामा १ रोपनी जग्गामा धान रोप्न सकिने  सो संस्थाका कार्यक्रम  संयोजक  थानेश्वर भण्डारीले बताए । धान रोपाई कार्यक्रममा पूर्व सांसद टंक प्रसाद पोखरेल, जैसिथोकका नवनिर्वा्चित वडाध्यक्ष मान बहादुर कँवर, जनविकास केन्द्रका कार्यक्रम  संयोजक भण्डारी, जैसिथोकका पूर्व गा. वि. स. अध्यक्ष ठाकुर प्रसाद पोखरेल, पाञ्चायन माध्यमिक विद्यालयका कृषि शिक्षा शिक्षक अर्जुन प्रसाद खनाल, जैसिथोक स्वास्थ्य चौकीका तारा खनाल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

आज पहिलो साउने सोमबार || शिव मन्दिरहरुमा भक्तजनको घुईचो |

आज पहिलो साउने सोमबार । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव