सवारी दुर्घटना न्युनिकरणको लागी जनचेतना मुलक कार्यक्रम संचालन

गुल्मी ।  जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले सवारी दुर्घटना न्युनिकरणको लागी जनचेतना मुलक कार्यक्रम संचालन गरिरहेको छ । आज सदरमुकाम तम्घासको उदिढुङगा बसपार्क तथा रुरु गाउपालिको रिडी बसपार्कमा पनि एक कार्यक्रम गरिएको जिल्ला ट्राफीक प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ । 

कार्यक्रममा ओभरटेक गर्दा ओभरटेक गर्न दिने सवारी साधनले उचित स्थानमा बायाँ तर्फको साइड लाइट बाली साइड दिने र ओभरटेक गर्ने सवारी साधनले दाहिने तर्फको साइड लाइट बालेर मात्र ओभरटेक गर्ने र ओभरटेक गरिसकेपछि बायाँ तर्फको साइड लाइट बालि आफ्नो लेनमा जाने सम्बन्धमा जानकारी गराउनुको साथै अभ्यास समेत गराइएको र अन्य ट्राफिक नियम सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब निरीक्षक पृथ्वीनारायण काफ्लेले प्रशिक्षण दिनुभएका थियो । 

सो कार्यक्रममा यातायात ब्यवसायी,चालक,सहचालक गरि करिब ४० र ५० जनाको उपस्थिति रहेकोे बताइएको छ । पछिल्लो समय सवारी दुर्घटना न्यूनिकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले प्रशिक्षण तथा चेतनामुलक कार्यक्रम संचालन गरिहेको छ ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव