सिटिजन लाइफ इन्स्योरेन्स क.लि. गुल्मीले अभिकर्ता तालिम संचालन गर्‍यो

राजेन्द्र पन्थी , गुल्मी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले प्रथम अभिकर्ता तालिम गुल्मिको तम्घासमा सम्पन्न गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  शाखा बिस्तार गर्ने क्रममा ६३ औ शाखाको रुपमा गुल्मीमा पनि आफ्नो शाखा बिस्तार गरेको छ ।
मदनकृष्ण र हरिबम्सले प्रमोटर गरेको उक्त कम्पनीमा २० वटा प्राणघातक रोगहरुको नि:शुल्क उपचार "नेपालमै पहिलो पटक सिटिजन घातक रोग सुरक्षा , ५० लाख सम्मको उपचार खर्च मात्र रु २० प्रतिदिनमा २० घातक रोगहरुको लागि " भन्ने नयाँ योजना ल्याएको र उक्त योजना निक्कै प्रभावकारी बन्नेमा कम्पनीले दाबी गरेको छ ।
गुल्मी शाखाले आयोजना गरेको अभिकर्ता तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले ढिलै जन्मेपनी प्रभावकारी योजनाका साथ अगाडि बढेकोमा सिटिजन लाइफ लाई शुभकामना दिदै मरेपछि पाउने भन्दा पनि यस कम्पनीले मर्न नदिन घातक रोग सुरक्षा योजना लियकोमा यो बढी प्रभावकारी बनेको बताउनु भयो । त्यस्तै कार्यक्रममा ने. का. का जिल्ला नेता खिलध्वज पन्थी , मैत्री बहुउद्देश्यीय सहकारीका ब्यावस्थापक अर्जुन प्रसाद आचार्य ,पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्री , कम्पनीका अजेन्सी म्यानेजर नरेन्द्र पुन लगायतको आतिथ्यता रहेको थियो । करिब ७० जना अभिकर्ता सहभागी रहेको कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक सुनिल पोखरेलको प्रमुख प्रशिक्षक रहेको थियो भने गुल्मीका शाखा प्रवन्धक दिपक पोखरेलको अध्यक्षता तथा अपरेसन इन्चार्ज राजेन्द्र पन्थीको सन्चालनमा सम्पन्न भयको थियो ।

विद्युत् आयोजनाको पाइप फुट्दा चार घरमा क्षति ||

चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँमा चाकु खोला जलविद्युत् आयोजनाको पाइप फुटेर घर क्षति भएपछि चारजना विस्थापित भएका छन्

१८ कम्पनीको एफपीओ र आईपीओ आउँदै, कसको सेयर कति ?

काठमाडौं । पुँजीबजारमा विभिन्न क्षेत्रका डेढ दर्जन कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गर्न लागेका छन् ।  गत असार ३० गतेसम्म बैंक तथा वित्तीय

माथिल्लो कर्णालीमा भारत र वनको तगारो, लगानी पनि जुटेन ||

काठमाडौं । निर्धारित समयमा लगानी जुटाउन नसकेपछि माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवद्र्धक जीएमआर अपरकर्णाली हाइड्रोपावर लिमिटेडले पुनः

विदेशी मुद्राको मूल्य ह्वात्तै बढ्यो

    काठमाडौं – हप्ताभरी थोरै घटबढ भइरहेको विदेशी मुद्राको मूल्य बिहीबार ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक