प्रदेशको कृषि कार्यक्रम र बजेट भूगोल सन्तुलित नभएको आरोप

गुल्मी, १३ माघ । प्रदेशको कृषि कार्यक्रम प्रति जिल्लाका स्थानीय सरकार प्रमुखहरुले आलोचना गरेका छन् । शनिबार कृषि ज्ञान केन्द्र गुल्मीले आर्थिक बर्ष ०७५÷०७६ को बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको थियो । कार्यक्रममा निमित्त ज्ञान केन्द्र प्रमुख सन बहादुर रानाले स्वीकृत कार्यक्रमको बारेमा जानकारी गराए ।

कार्यक्रममा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेले प्रदेशले ल्याएको कृषि कार्यक्रम र बजेट भूगोल सन्तुलित नभएको आरोप लगाए । रेसुङा–रिडि केन्द्रित कृषि बजेटले समग्र जिल्लाको विकास नहुने पोखरेलले बताए । मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीले स्थानीय कृषकको राय सुझाव र भौगोलिक अध्ययन बिना मनोगणन्ते कार्यक्रम र बजेट ल्याइएको बताए । उनले प्रदेश वा केन्द्रबाट सतही ढङ्गले योजना र बजेट बनाइएकाले स्मार्ट कृषि बिपन्न कृषकको पहँुच भन्दा टाढा रहेको बताए । प्रदेशको स्मार्ट कृषि गाउँका मापदण्ड कागज र भूगोलमा धेरै फरक रहेको बताए । ‘गाउँ र कृषकको अध्ययन नगरि स्र्माट कृषि गाउँ कार्यक्रम आयो,’उनले भने,‘मापदण्डको कुनै बुँदा बिपन्न कृषकको लागि योग्य छैनन् ।’

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले वस्तुगत आधार नहेरी कार्यक्रम र बजेट बिनियोजन गर्दा त्यसको नतिजा राम्रो नआउने बताए । कफिको जननी मुसिकोट नगरपालिकाको आँपचौरको लागि कुनै कार्यक्रम र बजेट प्रदेशबाट नसमेटिनु दुखद पक्ष रहेको सापकोटाले बताए । त्यस्तै रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतमले सम्भाव्यता अध्ययन बिना कार्यक्रम र ल्याइएको बजेटले किसान प्रयोगशाला मात्रै बन्ने भनाई राखे । गौतमले प्रदेशको कृषि कार्यक्रममा किसानकालाई कुनै नयाँपन नभएको बताए । उनले यस्तै प्रवृत्ति दोहोरिदै गएकाले कृषकलाई धोका हुने गरेको समेत औल्याए ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गत बर्षसम्म स्थानीय तहमा थुप्रै बजेट र कार्यक्रम रहेको अवगत गराउँदै प्रदेशसंगै अधिकांश काटिएका गुनासो गरे । त्यस्तै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले प्रदेशको कृषि कार्यक्रम परम्परागत रहेको बताए । उनले ८० प्रतिशत नागरिक कृषि पेशामा आश्रित भएको पहाडी जिल्लाको कृषि कार्यक्रममा नयाँ योजना र दृष्टिकोण नभएको जानकारी गराए ।

प्रदेश सांसद दिनेश पन्थीले पहिलो अनुभव र कार्यक्रम भएकाले थप छलफल र गृहकार्य बाँकी रहेको बताए । पन्थीले अहिले कृषक प्रचारमा बढि आउने तर फिल्डमा काम नगर्ने साथै स्थानीय सरकारले पनि त्यस्तै व्यक्ति र प्रवृतिलाई उत्प्रेरणा थपिरहेको बताए । उनले अव प्रचारभन्दा उत्पादनमुखी कृषकलाई कार्यक्रम, बजेट र हौसला दिनुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथी ५ नं प्रदेश बिशेष अधिकार समिति सभापति कमलराज श्रेष्ठले कृषि र किसानलाई गाउँदेखि शहरसम्म जोडन स्थानीय र प्रदेश सरकारकाबिचमा समन्वय आवश्यक रहेको बताए । उनले आफुहरुले संसदमा निति मात्रै बनाउने भएकाले मन्त्रालयले कार्यक्रममा गम्भिर छलफल नगरेको बताए ।

जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले स्थानीय तहले आफुले संचालन गरेका कार्यक्रमको पनि समिक्षा गर्न आग्रह गरे । उनले स्थानीय स्तरदेखि केन्द्रसम्म भाषण धेरै महत्वकांक्षी गरिए पनि यो समय व्यावहारमा देखानेहरुको भएको बताए । कार्यक्रममा जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकाका प्रमुख तथा उपप्रमुखको उपस्तिथिती रहेको थियो ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव