गुल्मीको रेसुङ्गासहित विभिन्न आसपासका क्षेत्रहरुमा भारी हिमपात

गुल्मी । गएराति परेको अबिरल वर्षाका कारण गुल्मीको रेसुङ्गासहित विभिन्न आसपासका क्षेत्रहरुमा भारी हिमपात भएको छ । रेसुङ्गासहित,मदाने,मालिका लगायतका क्षेत्रहरुमा पनि भारी हिमपात भएको हाम्रा सहकर्मीहरुले जनाएका छन् । बिशेष गरी सदरमुकाम तम्घासको शिरमा पर्ने रेसुङ्गामा करिब १२ वर्ष पछि परेको हिउँको अवलोकन गर्न हिउँसगै रमाउनेहरुको आज भिडभाडँ समेत रहेको थियो । 
आज शनिबार बिदाको दिन पनि परेकाले बिशेष गरी सरकारी कर्मचारी,बिद्यार्थीहरु,लगायत हिउँ परेका विभिन्न क्षेत्रहरुमा हिउँसगै रमाउन,फोटो खिच्न आन्तरीक पर्यटकहरुको घँुइचो लागेको छ । तर हिउँपरेसँगै रेसुङ्गा क्षेत्रका आसपासको क्षेत्रमा भने चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै स्थानीयहरुको जनजीवन प्रभावित भएको छ । 
उता मुसीकोट नगरपालिकाको वडा नं ९ अर्लाङकोट दासिकोटको मथिल्लो भेगमा पनि हिमपात भएको छ । हिमपातका कारण सो क्षेत्रका स्थानीयहरुलाई प्रभावित भएका सहकर्मी कालिदास खरेलले बताउनुभयो । खरेलका अनुसार काममा निस्कन समेत स्थानीयहरुलाई समस्या परेको छ । 
यस्तै मदानेका विभिन्न क्षेत्रहरुमा पनि हिमपात भएको छ ।
बिशेष गरी मदाने लेकमा बाक्लो हिमपात भएको सहकर्मी भरत चन्दले बताउनुभयो । त्यसआसपासका बाँझकटेरी,अग्लुङ्ग,मलागीरी,सिर्सिनी लगायतका क्षेत्रमा पनि हिमपात भएको छ । भने चिसो बढेसँगै स्थानीयहरुको दैनिकि पनि प्रभावित भएको चन्दको भनाई छ । 
यस्तै मालिका गाउँपालिकाको वडा नं २,३,४,५ र ६ का माथिल्लो बस्तीहरुमा पनि हिमपात भएको छ । हिमपात भएसँगै चिसोको बढी महशुस गरिएको सहकर्मी कपिल रेग्मीले बताउनुभयो । हिमपात भएसँगै स्थानीयहरुलाई आफ्ना वस्तुभाउहरुलाई घाँसपात गर्न समेत समस्या भएको छ । बिशेष गरी व्यवसायीक रुपमा पशुपालन गदै आएकाहरुलाई बढी समस्या भएको छ । 
मालिका गाउँपालिका ४ का मदाने कृषी,पशुपंक्षि तथा वितरण उद्योगका सञ्चालन मधुसुधन भट्टराईले दैनिक रुपमा चरिचरनका लागि लगिने १ सय भन्दा बढी बाख्राहरु चराउनका लागि लैजान समस्या भएको बताउनुभयो । रेग्मीका अनुसार हिमपात भएसँगै सदरमुकाम आउने यातयातका साधन चल्न नसक्दा यात्रुहरु समस्यामा परेका छन् ।
बिशेष बाक्लो हिउँ परेका सो क्षेत्रमा कृषकहरुले खेतबारीमा लगाएका तोरी,गहुँ,केराउमा क्षेति पु¥याएको छ । तर कृषकहरु भने बर्खे आलु र मकै रोप्ने तयारीका लागि मलफाल्न र बारी जोत्न आत्तुर देखिएका रेग्मीको भनाई छ ।
यता हिजो एकाएक आकाशेपानीपरेसँगै खानेपानीको समस्या रहेको छत्रकोट गाउँपािलका वडा नं ६ दौघाँका स्थानीयहरु हर्षित बनेका छन् । विगत लामो समयसम्म आकाशे पानी नपर्दा खानेपानीको चरम समस्या भोगेका स्थानीयहरु पानी परेसगँै हर्षित भएका हुन् ।
पानीको चरम अभाव सिर्जना भई प्रतिलिटर रु २ रुपैँयाका दरले गाडीबाट पानी किनेर प्रयोग गदै आएका स्थानीयहरु हिजो परेको पानीले आफुहरुका खानेपानी सङकलन्का लागि बनाईएका घैटा तथा ट्याङकीमा केही भएपनि पानी सङकलन् भएपछि स्थानीयहरु हर्षित भएका सहकर्मी कालिदास आत्रियले जानकारी दिनुभयो ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव