सदरमुकाम तम्घासमा क्रिष्टलका गहना बनाउने तालिम सञ्चालन

गुल्मी । घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा क्रिष्टलका गहना बनाउने तालिम सञ्चालन भईरहेको छ । 
लक्ष्यित समुदाय अन्र्तगत महिलाहरुको आयस्तरलाई मथि उठाउने उद्देश्यका  सो तालिमको सञ्चालन गरिएको घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका उद्योग विकास अधिकृत लक्ष्मी प्रसाद दाहालले बताउनुभएको छ ।
रेसुङ्गा नगरपालिकाभित्रका महिला उद्यमीहरु सहभागी तालिमबाट सीप हासिल गरी गहना आयतमा रोक्न जुरमुराएका महिलाहरु निकै उत्साहीत रहेको पाइएको छ । 
पौष २९ गतेदेखि शुरु भएको एक हप्ते तालिममा महिलाहरुको सक्रिय सहभागीता रहेकोे प्रशिक्षक इन्दु पन्थीले बताउनुभयो । सीप हासिल गरी आर्थिक उपार्जन गर्ने आत्मविश्वासका साथ सहभागीहरुले तालिम लिईरहेको पनि प्रशिक्षक पन्थीको भनाई छ ।
तालिमबाट व्यवसायीक र उद्यमशिलता बन्नका लागि उर्जा प्रदान गरेको सहभागीहरुले बताएका छन् । तालिमबाट आफुले धेरै कुरा सिक्न पाएको भन्दै आगामी दिनमा पनि पुर्नताजगी तालिम सञ्चालनमा जोड दिनुपर्ने सहभागीहरुको भनाई रहेको छ । 
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव