लगानीकर्तालाई प्रोत्साहन गर्ने कानुन आउनुपर्छःनेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छा

गुल्मी । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको २७ औँ वार्षिक सधारण सभा तथा अधिवेशनको उद्घाटन शत्रको कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय  वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन शत्रलाई सम्बोधन गदै गोल्छाले अहिले प्रतिव्यक्ति आय १ लाख भन्दा माथि पुगेको बताउनुभएको छ । उहाँले देशमा प्रतिव्यक्ति आय बढ्नुमा देशको भिजन वा अन्य कारण नभई देशका युवायुवतीहरुले प्रशस्त रोजगारीको अभावमा अन्य देश रोज्नु परेको बताउँदै उनीहरुले पठाएको रेमिट्यान्सले नै देशमा प्रतिव्यक्ति आय बढेको बताउनुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका गोल्छाले देशलाई समृद्धिको रुपमा अगाडि बढाउनका लागि सरकार र निजि क्षेत्रसँगै मिलेर लगानी गर्नुपर्ने बताउनुभएको थियो । उहाँले अहिले आइरहेका नयाँ कानुनहरु लगानीमैत्रि कानुन नभएको बताउँदै लगानी कर्ताहरुका लागि प्रोत्साहन गर्ने कानुन आउनु पर्ने बताउँनुभयो । 

राजनैतिक लाभ वा अन्य लाभको लागि हुने अनुगमनप्रति उद्योग वाणिज्य महासंघको घोर विरोध रहेको बताउनुभएको छ । उहाँले नेपालको श्रम उत्पादनमा हेर्दा साउथ एसियामै कमजोर रहेको भन्दै सरकारले अघि सारको समृद्धिको नारालाई सफल बनाउन निजि क्षेत्रको सहकार्यबिना सम्भंव नभएको बताउनुभयो ।   

उहाँले गुल्मी जिल्लामा विभिन्न संम्भावना रहेकाले यसको विकासको लागि लगानी नै महत्वपुर्ण आधार रहेको बताउनुभएको छ । गुल्मी कफी विश्व प्रख्र्यात भएपनि गुल्मी कफीको नामले प्रख्यात नभएको बताउँनुभयो ।  यसको लागि गुल्मी कफीको ब्रान्ड नेमको विकास गर्नुपर्ने बताउँदै सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारी,रेसुङ्गा नगरपालिकाका नगरप्रमुख तथा संघका पूर्व अध्यक्ष डिल्लीराज भुसाल,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला सचिव वृद्धि जि.सि,नेपाली कांग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ,पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठ लगायतले पनि कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । 

सो अवशरमा उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले उद्योग वाणिज्य संघले अहिलेसम्म गरेका प्रगति सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  प्रतिवेदनअुसार गुल्मीमा अत्यावश्यक रहेको रक्त संञ्चार केन्द्र स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी लगायतका विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग प्रदान गरेको,

सचिवालयको समिति तथा उप–समितिहरु निर्माण गरेको,‘गुल्मीको जिल्लाको सम्पन्नता र समृद्धिको विकास शिक्षा,स्वास्थ्य,कृषि र पर्यटनमा आधारित व्यापार’भन्ने नाराका साथ तेस्रो गुल्मी महोत्सव विभिन्न संघसंस्था तथा व्यवसायीको सहयोगमा भव्यताका साथ सम्पन्न गरको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साथै रेसुङ्गा क्षेत्रको विकासको लागि संघले तेस्रो गुल्मी महोत्सवको बचत रकम मध्येबाट रेसुङ्गा पोखरी देखि यज्ञशाला सम्म रेसुङ्गा धाममा आउने तिर्थालु भक्तजनहरुलाई आवतजावत गर्न सहजहोस् भन्ने हेतुले रेलिङ्गसहितको सिढिँ निर्माण कार्य शुरु गरिएको,क्लोथ बैङ्कको माध्यमबाट अनाथ,असाय,अपाङ्ग तथा दैविक पीडित व्यक्तिहरुलाई सहयोग गर्ने 

हेतुले विभिन्न व्यक्ति तथा व्यवसायीहरुबाट आर्थिक सङकलन्बाट विभिन्न जिल्लाका १ सय भन्दा बढीलाई लत्ताकपडा वितरण गरिएको ,किसानका लागि उन्नत बिउबिजन कार्यक्रम मार्फत कृषि समुह,लगायतलाई सहयोग प्रदान गरिएको उल्लख गरिएको छ ।  

साथै एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गरिएको,पर्यटन प्रवद्र्धनका लागि भ्रमण गरिएको,सभाहल निर्माण गरिएको,पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै कोषाध्यक्ष दुर्गाचन्द्र बोहोराले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उद्योण वाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन महासचिव तारा भुसालले गर्नुभएको थियो ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव