पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती गुल्मीमा पनि मनाईयो,  

गुल्मी । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी गुल्मीमा पनि मनाईएको छ । विश्व हिन्दु महासंघ जिल्ला शाखा गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा विशेष कार्यक्रम गरी यो दिवश मनाईएको हो ।
कार्यक्रमको अवशरमा रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा प्रध्यापक एवं वरिष्ठ साहित्यकार दिन पन्थीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको महत्व तथा सान्र्दभिकताको विषयमा प्रकाश पादै नेपालको इतिहासमा पृथ्वीनारायण शाहको योगदानलाई राज्य तथा दलले बिर्सनु ठुलो बिडम्बना भएको बताउनुभयो ।
रेसुङ्गा संरक्षण समितिका पूर्व अध्यक्ष रुद्र बहादुर भुजलले पृथ्वीनारायण शाहले राष्ट्रिय एकिकरणमा पु¥याएको योगदान अहिले पनि उक्तिकै अनुशरणीय रहेको बताउनुभएको थियो । विश्व हिन्दु महासंघका आजिवन सदस्य श्रवण कुमार नेपालीले स्वागत गदै पुथ्वी नारायण शाह नेपाल र नेपालीको एकताको प्रतिक भएको बताउनुभएको थियो । 
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मोती प्रसाद खनाल,पूर्व क्याम्पस प्रमुख ढुण्डीराज पोखरेल,साहित्यकार तथा राष्ट्रप्रेमी हिन्दुधर्मालम्बीहरुको बाक्लो सहभागीता रहेको कार्यक्रममा समाजसेवि सािहत्यकार नमोनारायण पन्थीले ‘पृथ्वी नारायण एक सन्र्दभ’भन्ने शिर्षकको कविता वाचन गर्नुभएको थियो ।
विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष शुरेसचन्द्र भुसालको सभापत्वि रहेको कार्यक्रममा महासंघ जिल्ला शाखा सचिव रामलाल पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
१७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।  यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर,जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ । 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव