उत्कृष्ट आर्थिक पत्रकारीता पुरस्कार २०७५ बाट रेडियो रेसुङ्गाका स्टेशन म्यानेजर खत्री सम्मानीत

गुल्मी | रेडियो रेसुङ्गा तम्घास गुल्मीका स्टेशन म्यानेजर अनिता खत्री उत्कृष्ट आर्थिक पत्रकारीता पुरस्कार २०७५ बाट सम्मानीत हुनुभएको छ । गुल्मी उद्योग वाणिज्य संघको २७ औँ साधारण सभा तथा अधिवेशनको अवशरमा आज स्टेशन म्यानेजर खत्रीलाई गुल्मी उद्योग वाणिज्य संघले स्थापना गरेको उत्कृष्ट आर्थिक पत्रकारीता पुरस्कारबाट सम्मान् गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघकाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सम्मान्पत्र प्रदान गर्नुभएको थियो ।
 खत्रीले सञ्चार क्षेत्रमा पु¥र्यानुभएको योगदानको प्रसंशा गदै सँगै सम्मान् गरेको हो । स्थानीय स्तरका जनजीविकाका सवालमा कलम चलाउँदै समाज सुशुजित गर्न महत्वपुर्ण भुमिका खेल्दै रेडियोमार्फत विभिन्न समाचारमूलक कार्यक्रमहरु सञ्चालन गदै आउनुभएको छ ।
स्थानीय मिडियामा सहज रुपमा अडिन आर्थिक लगायतका विभिन्न चुनौतिहरुसँग सामाना गर्नुपरेको बताउँदै संघले गरेको सम्मान्ले आफुमा एउटा छुट्टै उर्जा प्राप्त भएको खत्रीले बताउनुभएको छ । झन महिला पत्रकारहरुलाई यसै पनि काम गर्न समस्या हुँने हुदाँ पनि विभिन्न चुनौतीहरुसँग भिड्नु परेको बताउँदै संघबाट सम्मानीत हुन पाउँदा थप नयाँ सोँच प्राप्त भएको उहाँको भनाई छ ।
तर लगनशिल भएर चुनौतीहरुको सामाना गदै आफ्नो कामलाई निरन्तता दिए पत्रकारिता क्षेत्रबाट पनि केही गर्न सकिनेमा जोड दिनुभयो ।  आफुजस्तै सोँच भएका अन्य महिलापत्रकारहरुलाई पनि उहाँले आफु सधैव निरन्तर भएर लाग्नका लागि सुझाव दिनुभयो । बि.स २०६४ सालबाट रेडियो पत्रकारिता शुरु गर्नुभएका खत्री अहिले गुल्मी जिल्लाकै पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गाको स्टेशन म्यानेजरको रुपमा रहनुभएको छ ।
सो अवशरमा खत्रीसँगै किसानका लागि उन्नत बिउबिजन कार्यक्रम बुटवल रुपन्देहीका प्रोग्राम म्यानेजर समेत सम्मानित हुनुभएको छ ।
नेपाल सरकार कृषि,भुमिव्यवस्था तथा सहकारी मन्त्रालय र कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोषको आर्थिक सहयोगमा सञ्चालीत किसानका लागि उन्नत बीउबिजन,कार्यक्रम मार्फत गुल्मी जिल्लाका कृषक समुह,सहकारी तथा उद्यमीहरुको क्षमता विकास गदै पु¥र्याएको अतुलनीय योगदानको उच्च मुल्याङकलन गदै प्रोगाम म्यानेजरलाई सम्मान् संघले सम्मान् गरेको हो ।
 

प्राधिकरणका महानिर्देशकद्वारा रेसुङ्गा विमानस्थल निरीक्षण, यही हप्ता पाइलटहरु र प्राबिधिक टोली पठाइने

 गुल्मी १ जेठ , गुल्मीको सिमीचौरमा एक दशकदेखि निर्माणाधीण अवस्थामा रहेको रेसुङगा विमानस्थलको सोमबार स्थलगत निरीक्षण भएको छ । नागरिक उड्यान