महेन्द्र नमुना माध्यामिक विद्यालय तम्घासको विद्यालय विकास पञ्चवर्षिय गुरुयोजना

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले विरोधका लागि विरोध गर्ने प्रवृत्ति नै विकासको बाधक भएको बताउनुभएको छ । महेन्द्र नमुना माध्यामिक विद्यालय रेसुङ्गा नगरपालिकाले आयोजना गरेको विद्यालय विकास तथा गुरुयोजना प्रस्तुतिकरण कार्यक्रमलाई सम्बोधन गदै उहाँले यस्तो बताउनुभएको हो ।
नगरपालिकालाई विकास गर्नका लागि आफुसँग प्रशस्त योजनाहरु भएपनि हरेक कुरामा विरोध गर्ने प्रवृत्ति हाबी देखीएकाले देखिने गरी विकासलाई अगाडि बढाउन नसकेको बताउनुभएको छ । नगर प्रमुख भुसालले अहिले विकास नभए पाँच वर्ष पछि पनि विकास हुन नसक्ने भएकाले सबैको सहमतीमा काम गर्न चाँहेको बताउनुभएको छ । 
नगरपालिकालाई हराबरा बनाउन,समृद्ध बनाउन आफुले केही गर्न चाँहेको भएपनि बिरोध गर्ने प्रवृत्तिका कारण नै आफुले चाँहे जसरी नगरपालिकाको विकास गर्न नसकेको भन्दै सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
महेन्द्र नमुना माध्यामिक विद्यालय जिल्लाकै एक शैक्षिक धरोहरुको रुपमा रहेकाले यसको शैक्षिक गुणस्तरलाई अझै वृद्धि गर्नका लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्न आफु तयार रहेको पनि बताउनुभएको थियो ।
रेसुङ्गा नगरपालिका नगरकार्य पालिका सदस्य लक्ष्मी पाण्डेय तथा बिद्यालय निरिक्षक पिताम्बर पन्थीले शिक्षा नै विकासको पहिलो पुर्वाधार भएकाले शिक्षा बिना अन्य कुराको विकास हुन नसक्ने बताउनुभएको थियो ।
अहिले स्थानीय सरकार निर्माण भएपछि सदरमुकाम तम्घासको व्यवसाय घट्दै गईरहेको भन्ने गुनाँसाहरु आउने गरेको प्रशँग उल्लेख गदै महेन्द्र नमुना माध्यामिक विद्यालयले सञ्चालन गर्न लागेको विद्यालय विकास गुरुयोजनाले सफलता प्राप्त गरे जिल्लाको अन्य क्षेत्रमा पनि यसले मद्दत पु¥याउने बताउनुभएको थियो । 
यसै बिच महेन्द्र नमुना माध्यामिक विद्यालयले पन्चवर्षिय गुरुयोजना प्रस्तुत गरेको छ । पन्चवर्षिय गुरुयोजनामा विद्यालयको शैक्षिक,भौतीक,व्यवस्थापकीय एव्म  विविध शिर्षकमा रु ७५ करोड बराबरको योजनालाई अघि सारिएको छ ।
जसमा शैक्षिकतर्फ १५ करोड ५५ लाख ५१ हजार,भौतीक तर्फ ४१ करोड २७ हजार,व्यवस्थापकीयमा ३ करोड ७२ लाख तथा अन्यमा ५ करोड ७ लाख ६९ हजार लागत सहितको विभिन्न योजना अघि सारिएको हो ।
जसबाट औसत सिकाई उपलब्धी गर्ने,शैक्षिक केन्द्रको रुपमा विकास गर्ने,आधुनिक पुस्ताकालय एवं प्रयोगशाला,छात्रबास निर्माण लगायतका योजनाहरु समावेश गरिएको छ । विद्यालय विकास पञ्चवर्षिय गुरुयोजनाका बारेमा विद्यालयका प्रधानाध्यापक केशर बहादुर थापाले जानकारी गराउनुभएको थियो । 
प्रस्तुतिकरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थीको सभापत्वि,नगरप्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यता रहेको थियो । भने विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि लगायत सरोकारवालाको सहभागीता रहेको थियो । बैठको सञ्चालन शिक्षक युवराज ज्ञवालीले गर्नुभएको थियो । 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव