गुल्मीको एक खानेपानी आयोजनामा मनोमानी भएको टिप्पणी

राजेन्द्र पन्थी ,गुल्मी । गुल्मी को एक खाने पानी मुहान मा चरम मनपरी भएको बताइएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खले स्थित छर छरे खानेपानिको विवाद एक महिना भई सक्दा पनि अझै मिल्न सकेको छैन ।

वडा नम्बर ४ अर्खले का वडा अध्यक्ष विजय मरासिनिले उपभोक्ता सँग छलफल नगरी सिधै आफूखुसी खानेपानि अन्यत्र लैजान सहमति दिएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले आरोप लगाउनु भएको छ । तर आफूले जिम्मेवार व्याक्तिसंग सल्लाह गरेर  खानेपानि अन्यत्र लैजान सहमति भएको अध्यक्ष मरासिनिको भनाइ रहेको छ । पछिल्लो समय नगरपालिकालाई ट्याड्कि बांध्ने कार्य रोक्न भनी चिठी पटाउँदा समेत नगरपालिकाले वास्ता नगरेको पाण्डेले बताउनु भयो । रेसुङ्गा नगरपालिका- ४ अर्खलेमा १५० घरधुरीले उपभोग गर्दै आएको उक्त खानेपानि वडा नम्बर २ मा लैजाँदा आफूहरूलाई समस्या पर्न उपभोक्ता को गुनासो छ ।
उपभोक्ता समिति का अध्यक्ष पाण्डे का अनुसार  “आफूहरू अहिले सम्म चा पटक नगर पालिका मा धाउँदा समेत नगरपालिकाले आफ्नो माग लाई लाई वास्ता नगरेको बताउनु भयो । पाण्डेले भन्नु भयो पानी लानै नमिल्ने होइन तर सहमति गरेर लैजानु पर्छ ” ।
वाड नम्बर २ ले आफूहरू माथि हेपाहा प्रवितृ देखाएको वाड नम्बर ४ का उपभोक्ता को गुनासो रहेको छ ।
नगरपालिकाले भने  पानिको विषयमा सीमित अधिकार भएकाले यो विषयमा निवेदक प्रशासक हरि प्रसाद पोख्रेल विदामा रहेको र आएपछि छलफल हुने रेसुङ्गा नगरपालिकाकि उपप्रमुख सिता भण्डारीको भनाइ छ । साथै पहिला दुवै पक्ष बिच सहमति भएको र पछि आपसमा तित्यता आएपछि विवाद उत्पन्न भएको उपप्रमुख भण्डारी ले बताउनु भयो ।
यता वडा नम्बर २ धागिथुम का वडा अध्यक्ष उदय बहादुर थापाले भने सबै प्रक्रिया पुराइ खानेपानिको योजना अघि बढाइएको बताउनु भएको छ ।
 

फेसबुकको घर बनाइदिने अफर ||

सान फ्रान्सिस्को- विश्वको नम्बर एक समाजिक सञ्जाल फेसबुकले आफ्ना कर्मचारीको लागि घर बनाइदिने घोषणा गरेको छ। फेसबुकले अमेरिकाको सिलिकन भ्यालीमा घर

धर्मात्मा हात्ती, जसले हरेक दिन नुहाएर मात्र खाना खान्छ (भिडियाेसहित)

हात्तीले पानीमा खेल्न खुबै मन पराउँछ । तर आज हामी एउटा यस्तो हात्तीको बारेमा कुरा गदैछौं जसका लागि पानीमा खेल्नु वा नुहाउनु केवल रहर मात्र होइन, एउटा

राम्रो सेल्फी कसरी खिच्ने? ४ उपाय जान्नुहोस् ||

यदि तपार्इं सेल्फीको सोखिन हुनुहुन्छ भने यसका लागि केही एप्स प्रयोग गर्न सक्नुहुन्छ। जसको माध्यमबाट तपाईंको सुन्दर सेल्फी खिँच्ने सपना पूरा

आज विश्व वातावरण दिवस मनाइँदै

    जेठ २२, २०७५   काठमाडौं – मान्छेलाई प्रकृतिसँग नजिक पार भन्ने नाराका साथ विश्व वातावरण दिवस मङ्गलबार मनाइँदैछ । दिवसका अवसरमा सरकार तथा