न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नुपरेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भनाई

पुस २१,शुक्रबार

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नुपरेको बताउनुभएको छ । नेपाल बार एसोसिएशनका अध्यक्ष शेरबहादुर केसीसहितको समूहसँग शुक्रबार भएको भेटमा उहाँले आफूले न्यायपालिकाको गरिमाका लागि नचाहेर पनि सो अप्रिय निर्णय लिनुपरेको बताउनुभयो ।

प्रधानन्यायाधीश राणाले आफू देश र जनतालाई न्याय दिन नै सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा आएको र न्यायालय र देशलाई हित भएमा आफू पर्दै छोड्न तयार रहेको स्पष्ट पार्नुभयो । बारका अध्यक्ष केसीले जोशीलाई संवैधानिक इजलासबाट फिर्ता बेलाउने र मुद्दामा पेशी नतोक्ने विषयमा चासो व्यक्त गर्दै सहमति र सौर्हादपूर्ण वातावरणमा निकास खोज्नुपर्ने कुरा राख्नुभएको थियो । त्यो जिज्ञासमा प्रधानन्यायाधीश राणाले आफूले सहमतिमा काम गर्न खोज्दा जोशी नमान्नु भएकाले यस्तो कदम उठाउन बाध्य भएको र आफूले न्यायालयको छविमाथि उठाउन निर्णय गरेको स्पष्ट पार्नुभयो ।

न्याय परिषद्को बिहीबारको बैठकले संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश जोशीको स्थानमा न्यायाधीश दीपककुमार कार्कीलाई तोकेको थियो । प्रधानन्यायाधीश राणाले पदबहालीकै क्रममा आफूले न्यायालयको गरिमामा उच्च बनाउन आफूले जोशीलाई मुद्दामा पेशी नतोक्ने घोषणा गर्नुभएको थियो ।

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको