लोक सेवा आयोगको काम प्रभावित हुन सक्ने

२०,पुस शुक्रबार काठमाडौं –
 सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ । लोक सेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको पदपूर्तिको कामलाई निरन्तरता दिइरहेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘समायोजनमा लैजानुपर्ने कर्मचारीको पदपूर्ति कहिले हुने भन्ने सरकारले निर्णय गरेको छैन ।’ आयोगको वार्षिक पात्रोअनुसार पुस महिनामा नायव सुब्बा पदको पदपूर्तिका लागि महिनाको अन्तिम बुधबार विज्ञापन निकाल्ने तयारी भइसकेको उहाँले जानकारी दिनुभयो ।

समायोजन प्रक्रियामा सरकारले ढिलासुस्ती गरेपछि समायोजनमा जान नपर्ने अधिकृत तहका कर्मचारीको पदपूर्ति असोजमा हुनुपर्ने भए पनि मंसिरमा मात्र लिइएको थियो । आयोगको वार्षिक पात्रोअनुसार नासु तहका अप्राविधिक धारका कर्मचारीको पदपूर्ति पुसमा हुने उल्लेख छ भने मागमा प्राविधिक धारका कर्मचारीको पदपूर्ति हुने उल्लेख छ ।
 

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको