न्यायाधीश जोशी अन्य जिम्मेवारीबाट पनि हटाइए

पुस २० ।

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदभार सम्हालेको दोस्रो दिनमै न्यायपरिषदको बैठक राखी संवैधानिक इजलासको पुनर्गठन गरेका छन् ।

बैठकमा वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई भने उपस्थित गराइएन । उनी वरिष्ठतम न्यायाधीशबाट न्यायपरिषदका सदस्य रहेका थिए । जोशीलाई संवैधानिक इजलासबाट हटाइएको छ । त्यसैगरी परिषद बैठकले न्यायाधीश जोशीलाई मेलमिलाप परिषदका अध्यक्ष पदबाट फिर्ता बोलाइ न्यायाधीश ईश्वर खतिवडालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

इन्जिनियर्स दिवस मनाइँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले विभिन्न कार्यक्रम गरी ५५ औं इन्जिनियर्स दिवस मनाउँदैछ । दिवस सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मनाइँदैछ

मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा मध्य नेपाल नजिकै आइपुगेकाले अबको केही

बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु, हजारौंको विचल्ली

साउन २९  काठमाडौं  – । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ । सुनसरी, सिन्धुली,

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । दशैंको मुखमा उपभोग्य वस्तुमा राहत दिनुपर्नेमा व्यापारीले उल्टै मूल्य बढाएका छन् । व्यापारीले अत्यावश्यक खाद्यान्न चामल र दालको