अटो रिक्साको पछाडि तल्कने स्टीकर टाँस्दै ट्रार्फिक प्रहरी

गुल्मी । जिल्ला ट्रार्फिक प्रहरी कार्यालय गुल्मीले सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना मूलक कार्यक्रमलाई जोड दिएको छ ।
जिल्लामा धेरै मात्रामा सवारी दुर्घटना हुने गरेको भन्दै बेला–बेलामा सवारी चालक,यात्रु,विद्यार्थी लगायतलाई सचेतनामूलक कार्यक्रम गदै आएको ट्रार्फिक प्रहरीले आज रेसुङ्गा नगरभित्र सञ्चानमा रहेका अटो रिक्साहरुको पछाडिको भागमा तल्कने स्टीकर टाँस्ने कार्य गरेको छ । 
आज अटो चालकहरुलाई सवारी दुर्घटना न्युनिकरण तथा दुर्घटना हुन सक्ने कारणहरु लगायतका ट्रार्फिक नियम सम्बन्धी जानकारी गराउँदै उनीहरुको अटोरिक्साको पछाडि पट्टिको भागमा टल्कने स्टीकर टाँसिएको जिल्ला ट्रार्फिक प्रहरी कार्यालय गुल्मीका प्रमुख पृथ्वी नारायण काफ्लेले बताउनुभयो ।
स्टीकरले रातको समयमा अटोरिक्सा चलाउँदा टल्कने हुँदा सवारी दुर्घटना न्युनिकरणका लागि सहयोग पु¥याउने काफ्लेको भनाई छ । आज नै श्रङ्ग तथा रिडिमा ट्क्याक्टरको पछाडिका भागमा स्टीकर टाँस्ने कार्य गरिएको भन्दै भोली सदरमुकाम तम्घासमा सञ्चालन हुने ट्क्याटरहरुमा पनि स्टीकर टाँस्ने योजना रहेको पनि काफ्लेको भनाई छ । 
यसअघि ट्रार्फिक प्रहरी कार्यालयले सडक सुरक्षा,ट्रार्फिक नियम र सवारी दुर्घटनाको कारण तथा सावरी दुर्घटना न्युनिकरण सम्बन्धी चालक–सहचालक र विद्यार्थीहरुलाई जनचेतनामूलक कार्यक्रम समेत गरेको छ । भने ट्रार्फिक नियम उल्लघंन गरी सवारी चलाएका २५ सय ९८ वटा सवारी साधनहरुमाथी गरिएको कार्वाहीबाट १५ लाख ५४ हजार ९ रुपैँया राजस्व संङकलन् गरिएको पनि काफ्लेले बताउनुभएको छ ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव