छिमेकी मूलुकसंगको सम्वन्धलाई नयाँ उचाइमा पु¥याएका छौःपरराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सरकारले छिमेकी मुलुक भारत,चिन लगायत देश संगको सम्वन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनु भएको छ । रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीको ३६ औ वार्षिक उत्सव कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले अहिले अन्तराष्ट्रिय सम्बन्धलाई राम्रो बनाउदै लगेको र नेपालमा लगानी गर्नको लागी महत्वपुर्ण विकाश साझेदार मुलुकहरुसंग आग्रह गरिरहेको तथा सकरात्मक प्रतिक्रिया आएको बताउनु भएको छ ।
शिक्षा समयानुकुल बनाउनु पर्ने भन्दै समाज रुपान्तरण,राष्ट्र निर्माण जीवनोपयोगी शिक्षा अहिलेको आवश्यकताप्रति जोड दिँदै सामुदायिक विद्यालय र निजि विद्यालय बिचको दुरीलाई कम गदै समान शिक्षा बनाउने तर्फ सरकार लागीरहेको बताउनुभयो । देशलाई जस्तो खालको दक्ष जनशक्ति आवश्यक पर्छ सोही अनुसारको शिक्ष्ााँ दिनुपर्ने समय आएको उहाँको भनाई छ । 
अहिले पनि ६० हजार भन्दा बढी बालबालिका विद्यालय शिक्ष्ााँ भन्दा बाहिर रहेको लाखौँ बालबालिकाहरु पढाईलाई बिचमै छोड्ने दर बढिरहेको यसलाई कम गर्नका लागि चुनौती रहेको भन्दै सरकार गम्भीरताका साथ यस कुरालाई ध्यान दिएको बताउनुभएको छ । साथै उहाँले एक फरक प्रसँगमा देशमा अहिले सय वटा पर्यटकीय गन्तव्य क्षेत्र पहिचान गरिएको मध्ये गुल्मीका ३ वटा क्षेत्र समावेश हुनु सुःखद पक्ष भएको बताउनुभएको थियो । 
कार्यक्रमलाई विश्वविद्यालय अनुदान आयोग प्रा.डा.जयराज अवस्थी,विश्व विद्यालय अनुदान आयोजनाका कार्यक्रम अधिकृत ममता प्रजापति लगायतले सम्बोधन गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल,रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाल,उप–प्रमुख सीता भण्डारी,नेपाली कांग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ,नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्ण सुनार,लगायतको आतिथ्यता रहेको थियो । भने क्याम्पस प्रमुख हरि बहादुर खत्रीले क्याम्पसको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
साथै क्याम्पसको स्मारीको पनि विमोचन गरिएको थियो । वार्षिकोत्सवको अवशरमा क्याम्पसले सञ्चालन गरेको विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी तथा उत्कृष्ट काम गर्ने कर्मचारी,विभिन्न अक्षय कोषबाट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष शालीकराम पन्थीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष माधव ज्ञवालीको स्वागत तथा उप–प्रधाध्यापक गोविन्द गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव