सरकारले शिक्षकहरुको तलव बृद्धि गर्नेःसामाजिक विकास मन्त्री वराल

गुल्मी । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले प्रदेश सरकारले शिक्षकहरुको तलव बृद्धि गर्ने तयारी गरिरहेको बताएका छन ।  शनिवार गुल्मीको धुर्कोट गाउँपालिकाले अयोजना गरेको शैक्षिक गोष्ठीमा सहभागि सामुदायिक विद्यालयका शिक्षकहरुलाई सम्वोधन गर्दै मन्त्री वरालले यस्तो बताएका हुन ।
भने–‘अहिले  नै यति हजार यी यी तहका शिक्षकको तलव बढ्दै छ त भनेर  म भन्दिँन तर एउटा शिक्षकलाई पर्याप्त हुने गरि तलव बृद्धिको सिफारिस गरेर आयोगमा पठाएका छौ’– भने–‘ निजी विद्यालय कै जति दाम पनि दिने काम पनि उस्तै लिने प्रदेश सरकारले नीति  लिएको छ ।’

नेता वरालले वोर्डिङ्ग स्कुलले शैक्षिक क्षेत्रमा देखाएको बाटो अनुशरणिय भएको धारणा राखे । उनले भने–‘अव निजी क्षेत्रले सञ्चालन गरेका शैक्षिक संस्थासंग पनि सहकार्य  गरेर जानु पर्ने आबश्यकता देखियो  । गुणस्तरिय शिक्षा प्रदान गरेका त्यस्ता  बोर्डिङ्गका विषयगत शिक्षकबाट कम्तीमा एक महिना सामुदायिाक विद्यालयमा पुगेर शिक्षण सिकाई सिप निशुल्क वोर्डिङ्ग स्कुलले उपलव्ध गराएर दक्ष जनशक्ति उत्पादन तर्फ लागिने भएको छ । ’ 

पुराना शिक्षकहरुले आफुलाई अर्धदक्ष छु भनेर सोच्दै नसोच्न आग्रह गर्दै अहिलेको प्रविधीलाई पछ्उँदै मैले  जे पनि गर्न सक्छु भन्ने उच्च मनोभावना राखेर अगाडी बढ्न मन्त्री वरालको सुझाव थियो । उनले शिक्षण विधी सिकाईका लागि अमेरिका लण्डन जस्ता विकासित मुलुकमा  पहिला मन्त्रीहरु जाने,त्यस पछि सचिवहरु,उनिहरु पछि विभागका निर्देशक र त्यस पछि तत्कालिन जिसीअहरु जाने गरेको कुरालाई आफुले अन्त्य गर्न लागेको बताए ।
उनले अवको शिक्षा निशुल्क कि सशुल्क ? भन्ने विषयमा वहस भई रहेको बताए ।  धनी वर्गका मानिसहरुबाट शुल्क लिने,थप श्रोत पनि माग्ने,निरपेक्ष गरिवीको रेखा मुनी रहेकाहरुलाई सुविधा सम्पन्न विद्यालय बनाएर पुर्णरुपमा निशुल्क बनाउने प्रदेश सरकारले नीति लिएको छ  । 
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव