ad

धर्मात्मा हात्ती, जसले हरेक दिन नुहाएर मात्र खाना खान्छ (भिडियाेसहित)

हात्तीले पानीमा खेल्न खुबै मन पराउँछ । तर आज हामी एउटा यस्तो हात्तीको बारेमा कुरा गदैछौं जसका लागि पानीमा खेल्नु वा नुहाउनु केवल रहर मात्र होइन, एउटा नियम नै हो । यो हात्ती साँच्चीकै धर्मकर्म मान्ने बाहुन जस्तै छ । यसले हरेक दिन नुहाएर मात्र खाना खान्छ ।

यो धर्मात्मा हात्तीको नाम हो, समुद्र । यसको उमेर केवल ९ वर्षको मात्र छ । अमेरिकाको ओरेगन चिडियाखानामा सन् २००८ मा यो हात्ती जन्मिएको हो ।


समुद्र नामको यो हात्ती आफ्नो नाम झैं चन्चल तथा पानीमा खेल्न सौखिन छ । चिडियाखानाका अधिकारीहरुले सोसल मिडियामा हालै समुद्रको एउटा भिडियो अपलोड गरेका छन् । जसमा ऊ पानीमा आहाल खेलिरहेको छ ।

समुद्रको सबैभन्दा खास विशेषता यो छ कि ऊ केवल नुहाउनको सौखिन मात्र होइन, उसले ननुहाईकन केही पनि खाँदैन ।

सोसल मिडियामा अपलोड भएको यो धर्मात्मा हात्तीको भिडियो खुबै लोकप्रिय बनेको छ ।
 

फेसबुकको घर बनाइदिने अफर ||

सान फ्रान्सिस्को- विश्वको नम्बर एक समाजिक सञ्जाल फेसबुकले आफ्ना कर्मचारीको लागि घर बनाइदिने घोषणा गरेको छ। फेसबुकले अमेरिकाको सिलिकन भ्यालीमा घर

राम्रो सेल्फी कसरी खिच्ने? ४ उपाय जान्नुहोस् ||

यदि तपार्इं सेल्फीको सोखिन हुनुहुन्छ भने यसका लागि केही एप्स प्रयोग गर्न सक्नुहुन्छ। जसको माध्यमबाट तपाईंको सुन्दर सेल्फी खिँच्ने सपना पूरा