घमिरमा ऐतिहासिक काम गर्दै एक बृद्धले आफ्नो जन्मदिन मनाए

राजेन्द्र पन्थी , गुल्मी 
गुल्मीको मालिका गाउँपालिकामा एक वृद्धाले विद्यालयमा शौक्षिक सामाग्री वितरण गरेर तथा विद्यालय अक्षय कोष स्थापना गरेर आफ्नो जन्म उत्सव मनाउनु भएको छ ।

जताततै जन्म उत्सव केक काटेर फजुल खर्च गर्दे मनाएका बेला गुल्मी मालिका गाउँपालिका ७ घमिरका टिका बहादुर खत्रीले देविस्थान माध्यमिक विद्यालयका विद्यार्थीलाई २० हजार बराबरको शौक्षिक सामाग्री बाँडेर र ५० हजार बराबरको अक्षय कोष स्थापना गर्ने घोषणाका साथ उदाहरणीय कामका साथ आफ्नो जन्म उत्सव मनाउनु भएको छ । खत्रीले आफ्नो ७१ औँ जन्म उत्सवका अवसरमा विद्यालयका कक्षा बालशिक्षा देखि १२ सम्म चार सय भन्दा बढी विद्यार्थीलाई बिस हजार बराबरको शौक्षिक सामाग्री प्रदान गरेको र ५० हजार बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको विद्यालयका शिक्षक यमलाल पन्थीले बताउनु भयो।

विद्यालयलाई शौक्षिक सामाग्री वितरण गर्दे यो आफुलाई अवसर भएको र अबको पुस्ताले पनि केहि कुरा सिकोस भनी जन्मदिनमा शौक्षिक सामाग्री बितरण गरेको खत्रीले बताउनु भएको छ  । उहाँले भन्नु भो शौक्षिक सामाग्री प्रदान गर्दा खुसी लागेको छ अब आउने पुस्तामा पनि केहि चेतना होला भन्ने कारणले शैक्षिक सामाग्री बितरण गरेको हुँ । खत्रीले एक कार्यक्रम बिच विद्यार्थीलाई शौक्षिक सामाग्री बितरण गर्दे विद्यार्थीलाई लगनशिल,मिहेनत र अनुशासित बनेर अध्ययन गर्न समेत आग्रह गर्नुभएको छ ।

विद्यालयका निमित्त  प्रधानाध्यापक खिम बहादुर बुढाथोकिले विद्यालयलाई शौक्षिक सामाग्री बितरण गरेको तथा ५० हजार बराबरको अक्षय कोष स्थापना गर्ने बचन दिएकोमा विद्यालयको तर्फबाट धन्यवाद तथा आभार ब्यक्त गर्नुभएको छ । खत्रीले शौक्षिक सामागी्र बितरण गरेको तथा ५० हजार बराबरको विद्यालय अक्षय कोष स्थापना गर्ने घोषणा गरेकोमा विद्यालय परिवार खुसी हुदैँ खत्रीलाई दोसल्लाका साथ सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक खिम बहादुर बुढाथोकिले बताउनु भयो । खत्री विद्यालय नजिकै देविस्थान किराना पसल तथा होटल गर्दे आउनु भएको छ। उहाले पसल तथा होटलबाट भएको आम्दानी रकम सामाजिक काममा प्रयोग गर्दे आइरहनु भएको छ ।
 

फेसबुकको घर बनाइदिने अफर ||

सान फ्रान्सिस्को- विश्वको नम्बर एक समाजिक सञ्जाल फेसबुकले आफ्ना कर्मचारीको लागि घर बनाइदिने घोषणा गरेको छ। फेसबुकले अमेरिकाको सिलिकन भ्यालीमा घर

धर्मात्मा हात्ती, जसले हरेक दिन नुहाएर मात्र खाना खान्छ (भिडियाेसहित)

हात्तीले पानीमा खेल्न खुबै मन पराउँछ । तर आज हामी एउटा यस्तो हात्तीको बारेमा कुरा गदैछौं जसका लागि पानीमा खेल्नु वा नुहाउनु केवल रहर मात्र होइन, एउटा

राम्रो सेल्फी कसरी खिच्ने? ४ उपाय जान्नुहोस् ||

यदि तपार्इं सेल्फीको सोखिन हुनुहुन्छ भने यसका लागि केही एप्स प्रयोग गर्न सक्नुहुन्छ। जसको माध्यमबाट तपाईंको सुन्दर सेल्फी खिँच्ने सपना पूरा

आज विश्व वातावरण दिवस मनाइँदै

    जेठ २२, २०७५   काठमाडौं – मान्छेलाई प्रकृतिसँग नजिक पार भन्ने नाराका साथ विश्व वातावरण दिवस मङ्गलबार मनाइँदैछ । दिवसका अवसरमा सरकार तथा