महिला हिंसा विरुद्धको १६ दिने अभियान चल्दै

गुल्मी । ‘लैङ्गिक हिंसा र दुव्र्यवहार,छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यो समयमा विभिन्न संघसंस्थाहरुले औपचारीकता निभाउनका लागि भए पनि विभिन्न कार्यक्रमहरु गरीरहेका छन् । 
तर त्यसको प्रभावकारीता भने खासै भएको पाइँदैन् । जिल्लामा रहेको अमरकल्याण बहुउद्देश्य सहकारी संस्था र जिल्ला प्रहरी कार्यालयको समन्व्यमा सडक नाटक प्रस्तुत गरेको छ ।
पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारका कारण निम्त्याएको समस्यालाई झझल्को दिन सडक नाटक सदरमुकाम तम्घासको लाकुरीमञ्चमा प्रर्दशन गरिएको थियो ।
पुरुष विदेशीनु श्रीमती यता बच्चा पढाउन भन्दै शहरतिर पस्नु,पछि श्रीमान घर फर्कदा पैसा न श्रीमती हुने लगायतका सामाजिक विकृतिमाथि सडक नाटक प्रस्तुत गरिएको संस्थाकी अध्यक्ष गंगादेवि थापाको भनाई छ ।
साथै उहाँले सानो तिनो काम भएपनि स्वदेशमै बसेर गरौँ युवाहरुलाई विदेशजानबाट रोकौँ भन्ने सन्देश दिन पनि सडक नाटक प्रस्तुत गरिएको थापाको भनाई छ ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव