आशा अपाङ्ग केन्द्रले गर्र्यो धार्मिक क्षेत्र रेसुङ्गामा सरसफाई

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रले ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुङ्गा पोखरी क्षेत्रमा सरसफाई गरी मनाएको छ ।
दिवसको अबसरमा नाराहरु मञ्चको कार्यक्रमहरु गरेर समय बिताउने गरेता पनि अपांगहरुले पनि केहि गर्न सक्छन् भन्ने सन्देश दिन उदेश्यले धार्मिक स्थल सरसफाई गरेर दिवस मनाएको आशा अपांग केन्द्र गुल्मीका लेखापाल सुरेश श्रेष्ठले बताए । 
केन्द्रमा रहेका १५ जना अपांगता भएका र मजुवा स्थित रेसुङ्गमा अबलोकनमा आएको पोलारिस इगलिस बोडिङ्ग स्कुल चन्द्रकोट गाउँपालिका ७ का बिद्यार्थीहरुको सहयोगमा रेसुङ्गा पोखरी,मन्दीर परिसरमा सरसफाई गरिएको हो । रेसुङ्गा क्षेत्र धार्मिक तथा ऐतिहासिक,पर्यटकिय स्थल रहेकाले यस क्षेत्रलाई सरसफाई गरेर स्वच्छ राख्नुपर्छ भन्ने सन्देश दिन पनि अपांगता भएका व्यक्तिहरुले सरसफाइ कार्यक्रम राखिएकोे श्रेष्ठले बताए । 
अपांगता भएका अबसर पाए केहि गर्न पनि सक्छन् भन्ने मुख्य सन्देश सरसफाई कार्यक्रमको रहेको श्रेष्ठको भनाई छ । आशा अपांग केन्द्रले जिल्लामा विगत १० वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ । संस्थामा रहेर गैरसरकारी संस्थाहरुसँग रकम संकलन गरेर गुल्मी जिल्लामा रहेका बिभिन्न अपाङ्गगता भएका ब्यक्तिहरुलाई बिभिन्न तालिम लगायतका सिप मुलक कामहरु सिकाउने र जिविको पार्जनमा टेवा पुर्याउर्दै आएको छ 
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव