कृषकहरु कोदो भित्र्याउन व्यस्त

कपिल रेग्मी 
गुल्मी । गुल्मीको मालिका गाउँपालिका आसपासका क्षेत्रमा कोदो काट्ने तथा भित्र्याउने चटारो बढेको छ ।बिशेष गरी असारमा मकैभित्र रोपेको कोदो,यतिबेला पाकँेसँगै कोदो काट्ने,ठट्याउने,स्र्हार्ने र नल काट्ने काममा कृषकहरु व्यस्त भएका हुन् ।
बिशेष गरी कोदो तथा बर्खे आलु उत्पादन गर्ने मालिका गाउँपालिका २,३,४,५ र ७ वडाका माथिल्लो भेगका कृषकहरु बढी व्यस्त रहेका छन् । लामो समयदेखि कृषि गदै आउनुभएका भोजराज रेग्मी भन्नुहुन्छ ‘कोदो उत्पादन गर्न धेरै मेहेनत र खर्च छ तर यसको मुल्य सहि किसिको नहुँदा आफुले घाटा व्यर्होनु परेको छ ।’
अर्का तर्फ अधिकाशं जनशक्ति गाउँमा नहुँदा काम गर्ने व्यक्ति भेट्याउन पनि मुश्किल परेको उहाँको भनाई छ ।कडा परिश्रमद्धारा उब्जाईएको कोदो सस्तो मूल्यमा बेच्नु परेको गुनाँसो पनि गर्नुभयो ।‘सस्तो मूल्यमा नबेचु भने कोदो राख्ने ठाउँ छैन्,घाटा खाएर भएपनि बेच्ने गरेको छु,सस्तोमा बेच्दा लागत समेत उठ्दैन्’उहाँले भन्नुभयो ।
सो स्थानमा बिशेष गरी बर्खे आलुको बिउ संरक्षणका लागि कोदो रोप्ने गरिन्छ । पछिल्लो समय अधिकांश युवा जनशक्ति विदेशीने भएका कारण खेतीयोग्य जग्गा बाझिँने क्रम बढेको बताईएको छ । यसतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने देखिएको स्थानीयको भनाई छ ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव