आधुनिक प्रबिधिको बिकास सङ्गै पुराना मौलिक बाजाहरु ओझेलमा पदै


राजेन्द्र पन्थी
गुल्मी आधुनिक । प्रबिधिको बिकास सङ्गै पुराना मौलिक बाजाहरु ओझेलमा पर्दै गएका छन । बिबाहको शुभ धुन मानिने नौमती र पन्चेबाजाका सुमधुर धुनले जो कसैको पनि मनै आनन्द बनाउछ । 

तर पछिल्लो समय बिवाहमा समेत पश्चिमी आधुनिक बाजाको प्रयोगले गर्दा पुराना मौलिक बाजाहरु बिस्तारै हराउदै गएको पाका पुस्ताको गुनाँसो रहेको छ । 

कङ्गो,ड्रमसेट,भाइलिन,गितार जस्ता आधुनिक बाजाले मर्चुङ्गा,मादल,डम्फु,हार्मो्नियम,खैजडी,मुरली लगायतका मौलिक बाजाहरुलाइ धरापमा पारेका छन । 

यस्तै अर्को महत्वपूर्ण बाजा हो सारङ्गी । तर पछिल्लो पुस्ताले यसप्रति ध्यान नदिँदा यो पनि लोप हुने अवस्थामा पुगेको छ । 

सारङ्गी बजाउँदै वल्लो गाउँको खबर पल्लो गाउँमा पुर्याउदै आउनुभएका धुर्कोट गाउँपालिका ५ बस्तुका ७१ बर्षिय डिलु गन्धर्व आफु १७ वर्षको उमेर देखिनै सारङ्गी बजाएर आफ्नो जीवन निर्वाह गदै आउनुभएको छ ।

सारङ्गीको मिठो धुनसँगै देश विदेशमा घटेका घटनालाई जस्ताको तस्तै घर घरमा पुर्याउदै आउनुभएका गन्धर्व अहिले पश्चिमेली बाजाको प्रयोगले आफ्नो पेशालाई थप धरापमा पारेको बतानुहुन्छ ।  

उहाँले पछिल्लो समय टिभी,ईन्टरनेट,मोबाइल जस्ता चिजहरुले आफ्नो पेशा ओझेलमा परेको बताउनु भयो । यसो त नयाँ युबा पुस्ताले यसलाई सिक्न नखोज्नु,नयाँ नयाँ बाजाहरुको प्रयोग हुनुले पनि यसको महत्व घट्दै गएको उहाँको भनाई छ । 

पहिला जस्तो जीविकोपार्जन गर्न सहज नभएको भन्दै सम्बन्धित निकायले गन्धर्व पेसालाई सम्बोधन गरिदिए मौलिक बाजाको पनि संरक्षण हुने बताउनु भयो ।

 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव