६५ औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवश गुल्मीमा पनि मनाईयो

गुल्मी–नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा गुल्मीको आयोजनामा ६५ औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवश मनाईएको छ । ‘क्षयरोग विरुद्ध जागरुक बनाउने हाम्रो भावना क्षयरोग विनाको संसार देख्ने हाम्रो चाहना’भन्ने नाराका नेपाल नेत्रज्योति संघको प्राङ्गण तम्घासमा भएको कार्यक्रममा प्रशिक्षण मूलक कार्यक्रमसँगै प्रभातफेरीसमेत गरिएको थियो ।   

नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा गुल्मीका सभापति जगन्नाथ गौतमको सभापत्वि रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यता रहेको थियो ।सो अवशरमा कार्यक्रमलाई सम्बोधन गदै प्रमुख भुसालले पछिल्लो समय गुल्मीमा पनि क्षयरोगीहरुको संख्या बढ्दै गएको देखिएकाले यसको नियन्त्रणतर्फ केन्द्रित हुनुपर्ने बतानुभएको थियो । समयमै औषधी खाए निको हुने भएकाले क्षयरोगका बिरामीहरुलाई सामाजिक संघसंस्थाहरुले पनि जनचेतनामुलक कार्यक्रम गरी यसको नियन्त्रणतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाल कम्युािष्ट पार्टी(नेकपा) गुल्मीका सचिव बुद्धि जि.सि,नेपाली कांग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ,पाल्पा लाकोल आखाँ अस्पतालका डा.अन्जिता हिराचन,नेपाल नेत्रज्योति संघ गुल्मीका अध्यक्ष शेर बहादुर थापा,नेपाल हृदय रोग निवारण प्रतिष्ठान् गुल्मीका सभापति तथा रेसुङ्गा नगरपालिका वडा नं १ का वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय,नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य शशी पन्थी लगायतको आतिथ्यता रहेको थियो ।

नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा गुल्मीका उपाध्यक्ष धना भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद पोखरेलले गर्नुभएको थियो । 

पछिल्लो समय गुल्मी जिल्लामा क्षयरोगका बिरामी बढेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ । जनस्वास्थ्य कार्यालयका सुपरभाइजर शिशिर शिलवालका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा ३ सय १६ जना क्षयरोगका विरामी भेटिएका छन् । जिल्लामा प्रति एक लाख मध्ये १२० जना क्षयरोगका बिरामी भेटिएको शिलवालले जानकारी दिनुभएको छ । 

हाल जिल्लामा क्षयरोगको चेकजाँचका लागी ८ वटा केन्द्रबाट खकार जाँच भईरहेको छ । मान्यतयाःदुई हप्तासम्म लगातार खाँेकी लागीरहने,तौल घट्दै जानु,छाति दुख्नु,खकारमा रगत देखा पर्नु जस्ता लक्षण देखिँए तुरुन्त स्वास्थ्य संस्थामा जाँच गर्नुपर्दछ । निरन्तर औषधीको सेवनबाट यसलाई वनिको पार्न सकिने स्वास्थ्यकर्मीको भनाई छ । जनस्वास्थ्य कार्यालले विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्यमा समय–समयमा क्षयरोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम गदै आईरहेको छ । 
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव