पाकिस्तानमा सार्क सम्मेलन भए भारत सहभागी नहुने

पाकिस्तानमा सार्क सम्मेलन भए भारत सहभागी नहुने भएको छ ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले पाकिस्तानमा सार्क सम्मेलन भए भारत सहभागी हुन नसक्ने बताएकी छिन् । बुधबार हैदराबादमा पत्रकारहरुसँग कुरा गर्दै स्वराजले पाकिस्तानले आतंकवादी गतिविधि नरोकेसम्म भारत र पाकिस्तानबीच दुईपक्षीय सम्बन्ध सुधार नहुने बताएकी हुन् । करतारपुर करिडोरमा भारतको सहभागिता हुँदैमा भारत र पाकिस्तानबीचको सम्बन्ध सुधार नभएको स्वराजको भनाई छ ।

मंगलबार पाकिस्तानको विदेश मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्क सम्मेलनमा सहभागी हुन निम्तो समेत पठाएको थियो । सार्क सम्मेलन पाकिस्तानको इस्लामाबादमा हुने भने पनि अहिलेसम्म यसको मिति तय भएको छैन । १९ औँ सार्क शिखर सम्मेलन सन् २०१६ को नोभेम्बरमै पाकिस्तानमा हुने तय भए पनि भारत र पाकिस्तानबीचको तिक्ततापूर्ण सम्बन्धका कारण अहिलेसम्म हुन सकेको छैन । 

करतारपुर करिडोरमा भारत र पाकिस्तान दुवैको सहभागिता रहे पनि दुई देशबीच वार्ता तथा सम्बन्ध नभएको स्वराजले स्पष्ट पारेकी छिन् । ‘भारत सरकारले करतारपुर करिडोरको विषयमा गएको २० वर्षदेखि पाकिस्तानसँग कुराकानी गरिरहेको थियो, ‘स्वराजले भनेकी छिन्, ‘पाकिस्तानले पहिलो पटक सकारात्मक जवाफ दिएको छ, यसको अर्थ पाकिस्तान र भारतीय पक्षबीच वार्ता तथा सम्बन्ध सुरु भएको भन्ने होइन ।’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले करतारपुर करिडोरको शिलान्यास गरेपछि भारतीय विदेशमन्त्री स्वराजको यस्तो प्रतिक्रिया आएको हो । यो करिडोर ६ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । यो करिडोर बनिसकेपछि भारतीय नागरिक पाकिस्तानमा पर्ने गुरुद्वारासम्म बिना भिसा जान सक्नेछन् ।

पूर्व क्रिकेटर तथा भारतीय कांग्रेसका नेता नवजोत सिंह सिद्धू पनि करतारपुर करिडोरमा सहभागी हुन पाकिस्तान गएका छन् । पाकिस्तानले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई करतारपुर करिडोरको उद्घाटनमा सहभागी हुन बोलाएको भए पनि उनले व्यस्तताको कारण देखाउँदै पाकिस्तान जान नसक्ने बताएको बीबीसी हिन्दीले जनाएको छ ।

स्वराजको ठाउँमा केन्द्रीय मन्त्री हरसिमरत कौर बादल र हरदीप सिंह पुरी करिडोर उद्घाटनमा सहभागी भएका थिए । पूर्व क्रिकेटर तथा भारतीय कांग्रेसका नेता नवजोत सिंह सिद्धू भारतीय प्रधानमन्त्री इमरान खानको सपथ ग्रहणमा गएपछि यो करिडोरको चर्चा भएको हो ।

सिद्धूले कतारपुर करिडोर खोल्ने प्रस्ताव गरेपछि पाकिस्तानले पनि सकारात्मक जवाफ दिएको थियो । धेरैले करतारपुर करिडोरका कारण भारत–पाकिस्तान सम्बन्ध सुध्रने बताइरहेका छन् । 

छोरा निर्दाेष भएको ट्रम्पको दाबी ||

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका छोरा जुनियर ट्रम्प निर्दाेष भएको दाबी गरेका छन् ।  उनले अमेरिकाको राष्ट्रपति चुनावको

भारतबाट अब सजिलै नेपालमा पैसा पठाउन मिल्ने

असोज २४ – आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा सुरु गरेका छन् ।  सम्झौता अनुसार

५ कक्षाका विद्यार्थीलाई प्रश्न– जहाजमा २६ भेँडा र १० खसी छन् भने क्याप्टेनको उमेर कति होला ?

    बेइजिङ, माघ १७ । ‘एउटा जहाजमा २६ भेँडा र १० खसी छन् भने सो जहाजका क्याप्टेनको उमेर कति होला ?’ यो प्रश्नको जवाफ कुनै गणित विज्ञान वा सूत्रमा

अमेरिकी कंग्रेसद्वारा विवादित कागजात सार्वजनिक, एफबीआईलाई तनाव

अमेरिकी कंग्रेसले एउटा विवादित कागजात सार्वजनिक गरेको छ । जसमा अमेरिकी गुप्तचर निकाय एफबीआईमाथि आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाइएको छ