रेसुङ्गा नगरपालिका वडा नं ६ का स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीमा ध्यानाकर्षण पत्र बुझाए

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं ६ का स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीमा ध्यानाकर्षण पत्र बुझाएका छन् । स्थानीयहरुको हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सो स्थानमा रहेको साउनेथुम आधारभूत प्राथमिक विद्यालयको भवन (यू.डब्लु.यस)बाट निर्माण गर्ने सम्बन्धमा छलफल हुँदा नेपाल सरकार र स्थानीय जनताबाट निर्माण गरिएका विद्यालय भत्क्याउन नपाईने सर्त अनुसार आम सहमति भएको जनाईएको छ ।     
तर अहिले पुरानो सहमतिको उल्लघङन गरी एक पक्षिय तथा स्वइच्छाचारी तवरबाट विद्यालय भवन भत्काईएको प्रति आफुहरुको गम्भिर ध्यानकर्षण भएको स्थानीयहरुले उल्लेख गरेका छन् । नेपाल सरकार,स्थानीय स्रोत र साधन तथा स्थानीय जनताको मेहनेतद्धारा निर्माण गरिएको भौतिक पुर्वाधार बैधानिक सहमति विना वडाका केही जनप्रतिनिधि तथा विद्यालय प्रशासनको मिलोमतोमा एकलौटी ढङ्गबाट भवन भत्काईएको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ । 
हाल विदेशी संस्था(यू.डब्लु.यस)द्धारा निर्माण गरिएको नयाँ भवनको लागत स्टिमेट बजेट र आम्दानी खर्च सार्वजनिक गर्न पनि माग गरिएको पनि सो पत्रमा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ यदुनाथ पौडेलले सम्बन्धीत पक्षहरुसँग छलफल गरी समाधानको बाटो निकाल्ने बताउनुभएको थियो । 
साथै रेसुङ्गा नगरपालिकामा पनि सोही ध्यानाकर्षण पत्र बुझाईएको बताईएको छ । ध्यानाकर्षपत्र नेपाली कांग्रेसका वडा सभापति समेत रहनुभएका स्थानीय केशव मरासीनी,विष्णु गुरुङ्ग,खुमा आर्चाय,विष्णु सुनार लगायतको टोलीले बुझाएको थियो । अहिले विद्यालयमा तीनकोठे भवन सँगै दुई वटा शौचालय पनि भत्काईएपछि विद्यार्थीहरुलाई शौचका लागि समेत समस्या भएको बताईएको छ । 
भवन भत्काउँदा विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी नगरीएको सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पुनले बताउनुभयो । खानेपानी ट्याङकी पनि जीर्ण अवस्थामा पुगेको प्रति कसैको ध्यान जान नसकेको भन्दै स्थानीयले गुनाँसो समेत व्यक्त गरेका छन् ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव