चौथो मालिका महोत्सव गुल्मीको मुसीकोट नगरपालिकामा सम्पन्न

गुल्मी । चौथो मालिका महोत्सव गुल्मीको मुसीकोट नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गदै प्रदेश नं ५ का उद्योग पर्यटन वन तथा वातावरणन मन्त्री लिला गिरिले प्रदेशको  विकासको लागि आफुहरु लागी परेको बताउनुभएको छ । स्थानीय सरकार र प्रदेश सरकार मिलेर अगाडि बढे मात्रै विकासले तिव्र गति लिने बताउनुभएको थियो ।
प्रदेश सभा सदस्य खड्ग केसीले प्रदेश प्रतिनिधि भएकाले यो क्षेत्रको विकासको लागि आफ्नो तर्फबाट भरपुर पहल गर्ने बताउनुभएको थियो । मुसीकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले कृषि,पर्यटन र उद्योगलाई नगरपालिकाले आर्थिक समृद्धिको आधार बनाएको बताउनुभएको छ । 
ऐतिहासिक मुसीकोट दरबार,मालिका मन्दिर,शालिमेदह तपोभुमी,सिद्देश्वर गुफा,चक्रेश्वर गुफा तथा अथाहा वन सम्पदा भएकाले धार्मिक तथा पर्यावरणीय पर्यटनलाई जोड दिएको बताउनुभयो ।
कार्यक्रममा मुसीकोट नगरपालिकाका उप–प्रमुख कमला शर्मा,प्रशासकिय अधिकृत नवराज भण्डारी,जनप्रतिनिधि,लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । महोत्सव संयोजक भविराम शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 


महत्व मालिकाको ÷महोत्सव मनाउन कसरी शुरु गरियो । 
बिशेष गरी गुल्मी जिल्लाको उत्तरवर्ती क्षेत्रमा पर्ने तपोभुमी सालिमेको काखमा रहेको पुण्य धाम मालिकाको उत्पत्ती द्धापरयुगमा भएको भन्ने भनाई छ । हालको मुसीकोट नगरपालिका ६ साविकको कुर्घा गाविस वडा नं ३ मालिका भन्ने स्थानमा सयौँ वर्ष अघि स्थापना भएको मन्दिरका संस्थापक माल्यश्री नामका ऋषि थिए भन्ने जन विश्वास रहेको छ ।
अहिलेको मन्दिर भएको स्थानभन्दा केही तल शालताल नामको एउटा तलाउ थियो । तलाउ अत्यन्त सुन्दर थियो । तलाउको वरीपरी सुगन्धित बासनादार फुलहरु,चम्पा,चमेली,बेली,जाई लगायतका फुलहरु थिए । तलाउको नजिनकै माल्यश्री नामका ऋषि जो वेदका ज्ञाता थिए आश्रममा बस्थे धेरै विद्यार्थीहरुलाई पढाउँथे ।
दैनिक पुजाँपाठ चल्थ्यो । घृतधारा बहन्थ्यो । तालमा जङ्गगली जनावर मृग,पश्नी,बाँदर,लगायतका धेरै जनावर पानीखान आउँथे । मान्छे र जनावरका बिचमा सम्बन्ध थियो । समय बित्दै गयो । अचानक खडेरी परेका कारण ताल सुक्यो पानीको हाहाकार भयो ।
ताल वरपरका बासिन्दा पानीको खोजी गर्न ऋषिलाई आग्रह गरे । प्राणिको हितका लागि माल्याश्री ऋषि तपस्यामा  बसे ।जगत जननीदेखि भगवती ऋषिको तपस्याबाट प्रशन्न भई बरदान माग्न गरेको आग्रह अनुसरा पानी मागे । भगवतीले तथास्तु भनी अन्र्तर ध्यान हुनुभयो ।
त्यही दिनको मध्यरातमा पहरामा ठुलो आवाज आयो । सुर्योदयमा गएर हेर्दा पहराको बिचबाट कलकल गदै पानीको छहरो बग्दै गरेको देख्दा ऋषि,हर्षले जननी भगवती मालिका माताको प्राथना गरी ऋषिले पानीको छहरा नजिक एक मन्दिरको स्थापना गरे । 
पहरा फुटी पानी निस्केको दिन बैठकुण्ठ चर्तुदर्शी रहेछ । त्यहीदेखि देखि हरेक वर्ष शुक्ल चतुदर्शीका दिन मेला लाग्ने तथा मालिकामा महापुजाँ लाग्ने चलन चलेको किवंदन्ती पाइन्छ ।  
बैकुण्ठ्ठ चर्तुदशीका दिन साँझ मालिका आएर भजन र्कितन गर्ने दोहोरी गाउँले,नाँचगान गर्ने र रातभर जागाराम बसी पुर्णिमको दिन बिहानै नुहाएर पुजाँ गरी मालिका मातासँग वरदान माग्ने चलन रही आएको सो क्षेत्रका जानकारको भनाई छ । हाल आएर मालिका मेलाको अवशरमा महोत्सवको आयोजना गर्र्न थालिएको छ । 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव