नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०१९ का लागी वार्षिक पुर्व समिक्षा कार्यक्रम सम्पन्न 

गुल्मी । अनौपचारीक क्षेत्र सेवा केन्द्र ( इन्सेक) गुल्मीले नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०१९ का लागी वार्षिक पुर्व समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । 
जिल्लास्थित नेपाल पत्रकार महासंघको कार्यालयमा भएको कार्यक्रममा जिल्लामा अघिल्लो वर्ष भन्दा यस वर्ष बलात्कार तथा बलात्कार प्रयासका घटनामा दोब्बर बृद्धि भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
भने अर्कातर्फ आत्महत्याका घटना पनि बढ्दै गएको जनाईएको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा जिल्लामा कुल ५७ जनाले आत्महत्या गरेका थिए । यो आर्थिक वर्षमा भने २४ जनाले आत्महत्या गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । भने ४० घरेलु हिंसाका घटनाहरु भएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । अर्धवार्षिक समिक्षा कार्यक्रममा यो वर्ष राज्यपक्षबाट मानवअधिकार उल्लघङनका घटनाहरु नपाईएको तथा घटेका घटनाहरु सबै गैर राज्यपक्षबाट भएको जनाईएको छ ।
साथै गत वर्ष जातिय विभेदका घटनाहरु भएपनि यस वर्ष भने मानव बेचबिखन तथा जातिय विभेद्का घटनाहरु नघटेका सो प्रतिवेदनमा उल्लेख गरिएको छ । भने पछिल्लो समय सदरमुकाम तम्घासमा सडक बालबालिकाहरुको संख्या थपिँदै गएको,प्रहरी प्रशासन र स्थानीय तहबाट संरक्षण तथा विद्यालय भर्ना लगायतका कार्य भएपनि दिर्घकालिन रुपमा संरक्षण गृह नहुँदा समस्या भईरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गुल्मीको कार्यालयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल,रेसुङ्गा नगरपालिकाका उप–प्रमुख सीता भण्डारी,जिल्ला न्याधिवक्ता लक्ष्मण घिमिरे,जिल्ला प्रहरी कार्यालयका प्रहरि निरिक्षक रवीन्द्र खड्का लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले आ–आफ्नो प्रतिक्रिया दिएका थिए । कार्यक्रमको सञ्चालन इन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्यालले गर्नुभएको थियो ।


 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव