किसानलाई खेती भित्र्याउन धमाधम

राजेन्द्र पन्थी ----- गुल्मी नेपालीको प्रमुख ठुला चार्डहरुको बिदाइ सङ्गै यतिवेला किसानलाई खेती भित्र्याउन धमाधम परेको छ । स्वदेश तथा बिदेशमा रोजगारीको शिलशिलामा रहेका युवा शक्ति आ-आफ्नो गन्तव्यमा फर्के सङ्गै गाउँ घर सुनसान बन्न थालेको छ । युवा शक्ति गाउँमा नहुदा वृद्ध बनेका बुबा आमा मात्रै भेटिने गर्नुहुन्छ । खेतबारीको काम सबै आफैंले गर्न नसक्दा कैयन खेतीयोग्य जमिनहरु बाझिएको छ भने कतिपय जग्गा गरिखाउ भनेर सित्तैमा दिनु परेको समेत स्थानीयको गुनासो रहेको छ । चार्डबार्डको बिदाई सङ्गै गुल्मी पश्चिम ग्रामीण भेगका किसानहरु धान खेती भित्र्याउने , कोदो काट्ने , खर काट्ने लगायतका काममै ब्यस्त देखिन्छन् ।किसानका लागि यो समयमा खेतीपाती भित्र्याउने तथा सङसङ्गै नयाँ खेती लगाउने समय पनि परेको छ । अहिले गुल्मीको घमिर , अर्जै , अमरपुर , अर्खाबाङ्ग , मर्भुङ्ग , छापहिले लगायतका स्थानहरुमा तोरि खेती , गहुँ खेती तथा आलु लगाउने महत्त्वपूर्ण समय रहेकाले पनि किसानहरु ब्यस्त बनेका हुन । नयाँ खेती लगाउन युरिया ,डि.ए.पि.पोटास लगायतका रासायनिक मल हरुको आवस्यकता पर्ने हुँदा समयमै यी मलहरुको अभाव हुन नदिन र उक्त चिजको सहज ब्यबस्थापन गरिदिन विभिन्न कृषि सहकारी तथा सम्बन्धित निकाएलाई समेत कृषकहरुले आग्रह गरेका छन् ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव