गुल्मीको मुसीकोट नगरपालिका भुवाँचिदिमा शोक सभा कार्यक्रम सम्पन्न

कालिदास खरेल ।
गुल्मी––
गुल्मीको मुसीकोट नगरपालिका भुवाँचिदिमा शोक सभा कार्यक्रम सम्पन्न भएको छ । सामाजिक व्यक्तित्व तथा त्रिभुवन माध्यामिक विद्यालय भुवाँचिदिकी शिक्षिका स्वर्गीय मेनुका शर्माको नवौँ दिनको पुन्य तिथिको अवशर पारेर विभिन्न संघसंस्थाहरुले उहाँकै निवासमा पुगेर शोक सभा गरेका हुन ।
शोक सभा कार्यक्रममा स्वर्गीय मेनुका खनालको फोटोमा पुष्प गुच्छा अर्पण गरिएको थियो । जसमा त्रिभुवन माध्यामिक विद्यालय भुवाचिँदी,नेपाल शिक्षक महासंघ,युनिक चिल्ड्रेन एकेडमी,नेपाल शिक्षक संघ,स्थानीय आमा समुह,वडा कार्यालय लगायतका दर्जनौँ संघसंस्थाहरुले स्वःमेनुका शर्माको सम्झना गदै शोक व्यक्त गरेका थिए ।
शोक सभा कार्यक्रममा मुसीकोट नगरपालिकाका उप–प्रमुख कमला शर्माको प्रमुख आतिथ्यता रहेको थियो । भने नेपाल शिक्षक महासंघ मुसीकोट नगरपालिकाका अध्यक्ष राम बहादुर थापा,नेपाली कांग्रेस मुसीकोट नगर कार्य समितिका सभापति सुर्दशन शाक्य,नेपाल शिक्षक संघ मुसीकोट नगर कार्य समितिका अध्यक्ष डिल्लीराज खरेल,वामी स्रोत केन्द्रका स्रोत व्यक्ति देविराम शर्मा लगायतले स्वःशर्माको स्मरण गदै आफुहरुले एक शैक्षिक व्यक्तित्व गुमाएको भन्दै उहाँको अभाव सधैव खड्की रहने बताउनुभएको थियो ।
शिक्षिका मेनुका शर्माको यहि कार्तिक १७ गते बाग्लुङ्गको बुर्तिवाङ्ग नजिकै रहेको तुरतुरे तालको अवलोकन गरी फर्कने क्रममा नजिकै रहेको आकाशे पुलभन्दा केही तल मोटरसाइकल दुर्घटनामा परी ४० वर्षको अल्पायुमै निधन भएको थियो । सोही  दुर्घटनामा परी गम्भिर घाइते हुनुभएका उहाँका श्रीमान् धुव्रराज शर्माको शिघ्र स्वास्थ्य लाभको कामना गरीएको थियो ।
बजार व्यस्थापन समिति भुवाचिँदीका अध्यक्ष टिकाराम गौतमको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका उपाध्यक्ष मृगेन्द्र रिजालले गर्नुभएको सहकर्मी कालिदास खरेलले जानकारी दिनुभयो ।

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव