गुल्मीको ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुङ्गामा रहेको गौशालामा पनि विधिवत रुपमा गौ पुजाँ

गुल्मी––आज लक्ष्मी पुजाँ गुल्मीको ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुङ्गामा रहेको गौशालामा पनि विधिवत रुपमा गौ पुजाँ गरिएको छ । गौशालामा २०४२ साल देखि गाई संरक्षण गरिँदै आइएकोमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि यस क्षेत्रमा सदरमुकाम तम्घास तथा छिमेकी गाउँपालिकाहरुबाट भक्तजन पुग्ने गर्दै आएका छन् । आज सो स्थानमा विभिन्न संघसंस्थाहरुले दैउँसी–भैलो समेत प्रस्तुत गरेका थिए । हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ । 
रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ ।गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु संरक्षण गरीँदै आईएको छ । गौशालामा हाल झण्डै २ सय भन्दा वढी गाईगोरुहरु रहेका छन् । स्थानिय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा उक्त स्थानमा पालिदै आएको समितिका रामलाल पाण्डेयले बताउनुभयो ।
 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव