अहिले जति अधिकार प्राप्त भएका छन् सबै राजनैतिक दल एक ठाउँमा उभिएर सम्भवं भएको होःजिल्ला सभापति श्रेष्ठ


गुल्मी––नेपाली कांग्रेस गुल्मीको आयोजनामा विपि स्मृति भवन तम्घासमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजया दशमी,दिपावली,नेपाल संवत तथा छर्ठ पर्व  लगायतका पर्वहरुको अवशर पारी शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गदै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले हिड्ने बाटो फरक–फरक भए पनि अन्त्यमा पुग्नुपर्ने गन्तव्य एउटै भएको बताउनुभएको थियो । यस्ता किसिमका कार्यक्रमले समग्र जिल्लाकै लागि सन्देश प्रदान गरेको बताउनुभयो । 
यस्तै समापन कार्यक्रमलाई सम्बोधन गदै पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले राजनैतिक अधिकार प्राप्तिको समय समाप्त भएकाले समृद्ध गराउने समयको शुरुवात भएको बताउनुभयो । महामानव विपि कोइराललाले ४२ वर्ष अगाडि थालनी गरेको मेलमिलापको निति अहिले पनि उक्तिकै सान्र्दर्भिक भएको बताउनुभयो । 

नेपाली समाजका गरिबि,अशिक्षा,बेरोजारी जस्ता समस्या सबैका साझा दुष्मन भएकाले सबै एकाकार भएर अगाडि बढ्नुको विकल्प नभएको पनि बताउनुभएको थियो । कंग्रेस सबैको साँझा चौतारी भएकाले मेलमिलाप नै अहिलेको मुख्य आवश्यकता भएको बताउनुभयो । श्रेष्ठले  अहिले जति अधिकार प्राप्त भएका सबै राजनैतिक दल एकै ठाउँमा उभिएका कारण संम्भव भएको बताउनुभयो । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्ण प्रसाद भण्डारीले  शोसित उत्पीडित,गरीब जनताको विकासका लागि अब एकताबद्ध भए र अगाडि बढ्नु पर्ने बताउनुभएको थियो । आफ्नो अध्ययनको शिलशिलामा तत्कालीन समयमा भारतमा जननायक विपि कोइरला,कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई एकै ठाउँ पाएको अनुभव बताउँदै मेलमिलाप बिना समृद्धि हासिल नहुने बताउनुभएको थियो ।
साथै उहाँले जिल्लामा अन्र्तर बिरोध नभएपनि सम्बन्धलाई अझ मजबुत बनाउँदै विकासका साझा कुराहरुमा पार्टीहरु एकताबद्ध भएर जुट्नु पर्ने बताउनुभएको थियो । साथै गाउँम्पालिकाका प्रमुखको तर्फबाट सत्यवती गाउँपालिकाका अध्यक्ष पाराश्वर ढकाल,उप–प्रमुखको तर्फबाट धुर्कोट गाउँपालिकाका उप–प्रमुख शिव बहादुर खत्री,उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गा प्रसाद पाण्डेय,आधिकारीक ट्रेड युनियनका अध्यक्ष जयश्वर पन्थी,नागरीक समाजका पद्म प्रसाद पाण्डेय लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवशरमा पार्टीको महिला विभागले कलाकार सुनिल थापालाई सम्मान् समेत गरिएको थियो । जिल्ला उप–सभापति विष्णु बलालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव खिलध्वज पन्थीले गर्नुभएको थियो । 
२०३३ सालमा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि हरेक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,वडा अध्यक्ष,सदस्य भातृ संघका पदाधिकारी लगायतको उल्लेखीनीय रुपमा सहभागीता रहेको थियो ।


 

गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु ||

गुल्मी असार ३१ गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको मेशिनबाट धान रोपाई सुरु गरिएको छ ।  धुर्कोट गाउँपालिकामा  जिल्लामै पहिलो पटक मेशिनबाट धान

गुल्मीमा ५ दिनमा ८ सय वढीको मतदाता नामावलीमा नाम दर्ता, उत्साह पुर्ण सहभागित

गुल्मी, ५ साउन । निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १

गुल्मीको मालिका गाउँपालिकामा झोलुङ्गे पुल जिर्ण बन्दै,पुगेन कसैको आँखा

गुल्मी साउन १५– गुल्मीको मालिका गाउँपालिका वाड नं ३ र ४ लाई जोड्दे झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । उक्त गाउँपालिकाको  वाड नं ३ ह्वाङ्गीको

आज साउन महिनाको तेस्रो सोमबार रेसुङ्गामा बिशेष चहलपहल

गुल्मी साउन १६ – साउन महिना शिवको महिनाको रुपमा लिइ धार्मिक रुपमा लिइ बिशेष रुपमा आरधना गर्ने गरिन्छ । आज साउन महिनाको तेस्रो सोमबार महिलाहरु शिव